Logo

Student Corner

रङ अन्धता

Written by: Aashrab Khanal - 202201, Grade XI

Posted on: 17 November, 2020

रङ अन्धता भनेको रङहरूको सही पहिचन गर्न नसक्ने रोग हो । मनिसको दिमागले रातो, हरियो निलो गरेर ३ प्राथमिक रङहरू चिन्छ तर रङ अन्धता भएको मनिसलाई ती तीनमध्ये  एक मात्र रङ चिन्न गाह्रो हुन्छ । रङ अन्धता भएका मनिसहरूले कालो र खैरो रङ मात्र देख्छन् भन्ने धेरै मनिसहरूको बुझाइ छ । अब हामी यस्ता गलत बुझाइहरूलाई हटाऔँ र रङ आन्धताका बारेमा जानौँ ।

जब प्रकाशको तरङ्ग रेटिनामा पर्छ तब मात्र हामी केही कुरा देख्न सक्छौँ । रेटिनामा कोन्स नामक एकल फोटो रिसेप्टर हुन्छ । कोन्समा पर्ने विभिन्न तरङ्गहरूबाट रङको विभाजन हुन्छ । कोन्सले विशेष गरी रातो, हरियो र निलो रङ चिन्न सक्छ । रातो रङ चिन्न नसक्ने रङको अन्धतालाई प्रोटानोपिया भनिन्छ । त्यसरी नै हरियो रङ चिन्न नसक्ने रङको अन्धतालाई ड्युटानोपिया भनिन्छ भने निलो रङ नदेख्ने दोषलाई ट्राइटानोपिया भनिन्छ ।   

संसारमा धेरै मनिसहरू रङ अन्धताका रोगी छन् । १२ पुरुषहरूमध्ये एकजनालाई कुनै प्रकारको रङ अन्धता हुन्छ भने महिलाहरूमा २०० जनामा एकजनालाई रङ अन्धता हुन्छ भन्ने कुरा विभिन्न अध्ययनहरूले देखाएका छन् । रङ अन्धता महिलाहरूलाई भन्दा पुरुषहरूमा बढी पाइन्छ जसकाे कारण भनेको रङ अन्धता हुने जिनहरू एक्स (X) क्राेमाेजाेममा हुनु हाे । रङ अन्धता हुने धेरै कारणहरू छन् । हानिकारक रासायनिक पदार्थ र औषधीहरूको कारणले मनिसहरूमा रङ अन्धता हुन सक्छ । उच्च रक्तचाप, मृगौलाको रोग, क्षयरोग, मुटुरोगहरूले पनि रङ अन्धता हुन सक्ने देखिएको छ । उमेरको वृद्धि र रक्सी खाने बानीले पनि रङ अन्धता हुने विशेषज्ञको भनाइ छ ।    

रङ अन्धता त्यति गम्भीर रोग नभए पनि यसले धेरै कुरामा मनिसको जीवन कठिन बनाउन सक्छ । रङ अन्धता भएका मनिसहरूलाई ट्राफिक बत्ती चिन्न गाह्रो हुन सक्छ र त्यस्तै रङहरूको प्रयोग हुने अन्य प्रणालीहरू पनि बुझ्न कठिन हुन सक्छ ।