Logo

Student Corner

युवकको सोच

Written by: Karma Gurung - 21101, Grade XII

Posted on: 12 November, 2020

फूल फुल्ने गर्थ्यो बारीमा तर अहिले फुल्छ घरमा

ढिकी, जाँताे, हलाे, काेदालाे चल्छन् कसकाे भरमा ?

यता हेर्यो उता हेर्यो, कता गयो हाम्रो चिनो ?

समय बित्यो, देश अगाडि बढ्याे तर आफ्नो पहिचान भने हामीले गुमायाैँ,

छोड्याैँ स्वच्छ जिन्दगी गाउँमा, आयाैँ धुलो खान सहरमा,

गाउँलेको मन सहरमा, सहरियाको मन विदेशमा ।

 

हुर्कियो बाबु काठमाडौँ सहरमा तर बोल्दैन प्रस्ट नेपाली,

लाग्छ सधैँ भिसातिर विदेशमा नाम कमाउन,    

धुन्छ अर्काकाे भाँडा र कपडा पैसा जमाउन, 

जीवनको एक भाग बिताएपछि पायो ग्रिन कार्ड

अब फर्किने मन छ आफ्नै देश, लग्ने छ कोही साथ ?

ऊर्जाशील उमेर विदेशमै फाल्याे, स्वदेश फर्कियाे खाली हात ।