Logo

Student Corner

निद्राको महत्त्व

Written by: Kabin Rijal - 2022010, Grade XI

Posted on: 11 November, 2020

निद्रा, सुन्दै कस्तो आनन्द आउने, हैन र ? कुनै पनि व्यक्तिको जीवनमा निद्राले एकदम ठुलो भूमिका खेल्छ  l कुनै पनि व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा निद्राको एकदम ठुलो भूमिका हुन्छ, अर्थात् स्वस्थ हुनका लागि राम्रो खानेकुरा, व्यायामका साथसाथै निद्रा पनि एकदमै जरुरी हुन्छ l हुन पनि हो, हामी हाम्रो जिन्दगीको तीन भागमा एक भाग निद्रामै  बिताउँछौँ l निद्राले हाम्रो शारीरिक, मानसिक स्वास्थ्यमा त असर पार्छ नै, त्यसका साथसाथै यसले हाम्रो दैनिक जीवनमा पनि एकदम ठुलो असर पार्छ l

राम्रो र पुरा निद्रा एकदमै जरुरी छ l निद्रा र हाम्रो मोटाेपनको प्रत्यक्ष सम्बन्ध हुन्छ l यदि हामीले राम्रो र पुरा निद्रा लिन सकेनाैँ भने हाम्रो शरीरमा मोटाेपन देखिन सक्छ जसको कारण हाम्रो शरीरमा अनावश्यक रोगहरू देखा पर्छन् l त्यसैले सधैँ फुर्तिलाे रहनका लागि व्यायामको साथसाथै राम्रो र पुरा निद्रा पनि जरुरी छ l जब हामी सुत्छाैँ, तब हाम्रो शरीरले हर्मोन छोड्छ, मांसपेशी मर्मत गर्छ र पुरानो काेषलाई नयाँ काेष साट्छ l यसको मतलब यदि तपाईँ दिनभरि व्यायाम गर्नुहुन्छ भने त्यसको परिणाम हामीले सुतेपछि मात्र पाउँछौँ । पुरा निद्राले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि एकदम राम्रो पार्छ  जसको कारणले हामीलाई हत्तपत्त रोग लाग्दैन l त्यस्तै गरी यदि हाम्रो शरीरले भनेजस्तो निद्रा पाएको छैन भने हाम्रो प्रतिरक्षा प्रणाली बलियो हुँदैन जसको कारण हामी धेरै खतरनाक रोगहरूको चपेटामा पर्न सक्छौँ, जस्तैः मुटुको रोग र धेरै किसिमका झट्काहरू पनि आउन सक्छन् l

हामी सबैलाई थाहा छ निद्रा र मानसिक स्वास्थ्यको कस्तो घनिष्ट सम्बन्ध छ l यदि हाम्रो निद्रा पुरा भएको छैन भने हाम्रो दिमागले राम्ररी काम गर्न सक्दैन र दिनभरि थकित देखाउँछ, हामीले गरिरहेको काममा ध्यान दिन सक्दैनाैँ र हामीलाई सानाे कुरामा पनि रिस उठ्छ l साथसाथै दिनमा सात आठ घण्टाको निद्रा नपुग्नाले हामी डिप्रेसनको चपेटामा पनि पर्न सक्छौँ l यदि हाम्रो शरीरले पुरा निद्रा पाएको छ भने हाम्रो दिमाग एकदमै सफा र छिटो हुन्छ जसका कारण काम गर्न मन लाग्छ, राम्रो सोच्ने शक्ति बढ्छ र हामी यो दुनियाँलाई राम्रो नजरले हेर्न  थाल्छौँ l

यदि निद्रा यति धेरै जरुरी छ भने हामीले दिनमा कति घण्टा सुत्नुपर्छ ? हरेक व्यक्तिले दिनमा कम्तीमा पनि सातदेखि आठ घण्टा सुत्नुपर्छ l हामी सुतेकै बेला हाम्रो शरीरभित्र कामहरू हुन्छन् जुन हाम्रो शरीरका लागि एकदमै महत्त्वपूर्ण हुन्छन् र सात घण्टा सुत्दाखेरि हाम्रो शरीरले भनेको जस्तो काम गर्न सक्छ l

निद्रा हाम्रो जीवनको एकदमै आवश्यक कुरा हो l स्वस्थ रहनका लागि राम्रो खानेकुराको साथसाथै पुरा निद्रा पनि एकदमै जरुरी छ l राम्रो निद्राले हाम्रो मानसिक र शारीरिक स्वास्थ्य एकदमै राम्रो बनाउँछ र हामीलाई धेरै खतरनाक रोगहरूसँग लड्न सहायता गर्छ, त्यसैले हरेक व्यक्तिलाई सातदेखि आठ घण्टाको निद्रा जरुरी छ l