Logo

Student Corner

खाेजी

Written by: Utkrist Mani Neupane - 21133, Grade XII

Posted on: 09 November, 2020

खै कसरी सहन सक्छौ आमाका यी मुसलधारे आँसु ? 
आमाप्रति कुदृष्टि लगाउने शत्रुलाई फाल्ने मान्छे खोज्दै छु ।
मातृभूमिलाई बेचेर रमाउन खोज्नेलाई के नाम दिऊँ म ? 
छियाछिया मेरी आमाको मन टाल्ने मान्छे खोज्दै छु, 
शत्रुलाई जरैदेखि फाल्ने मान्छे खोज्दै छु ।।

अन्धकारको भ्रम फिँजाएर आमाका गहना चोर्दै छ रे पराई, 
त्यस्ता भाइरसलाई चितामा बाल्ने मान्छे खोज्दै छु । 
छिमेकी पनि स्वार्थबिना सहयोग गर्न तम्सिँदैन, 
तिम्राे कसम तिमीलाई सधैँ सुखी राखी पाल्ने मान्छे खोज्दै छु, 
देशका भाइरसलाई बाल्ने मान्छे खोज्दै छु ।।

सुखको सास अवश्य फेराउने छु, अब छिटै आमा तिमीलाई, 
त्यसैले त गोर्खालीको पद चाल्ने मान्छे खोज्दै छु ।
 तीन करोडकी आमा तिमी नसम्झ कसैले लुट्छ कि मलाई, 
अब फेरि जय नेपालको पवित्रताले पखाल्ने मान्छे खोज्दै छु,
शान्तिको ज्योति बाल्ने गोर्खाली खोज्दै छु ।।