Logo

Student Corner

विद्यालयको वातावरण

Written by: Rakshit Dahal - 2022023, Grade XI

Posted on: 08 November, 2020

हाम्रो विद्यालय वरिपरि कतै फोहोर नगरी ।
सफा राख्छौँ वातावरण स्कुल हाताभरि ॥

रुख रोपी हरियाली, गमलामा फूल ।
जथाभाबी फोहोर फ्याँक्ने नगर्नुस् है भुल ॥

स्वच्छ भए वातावरण स्वस्थ हुन्छौँ हामी ।
पढी, लेखी ठुलो भई ज्ञानी हुन्छौँ हामी ॥

फोहोर सधैँ डस्टबिनमा फाल्ने गर्नुपर्छ ।
बडारकुँडार, सफासुग्घर सधैँ हुनुपर्छ ॥

वातावरण फोहोर भए बिरामी हुन्छौँ हामी ।
गन्ध आउँछ नराम्रो, कसरी पढ्छौँ हामी ??

वातावारण सफा नराख्नलाई गरौँ तिरस्कार ।
फोहोरीलाई सजाय, सफा राख्नेलाई पुरस्कार ॥