Logo

Student Corner

कीर्ति

Written by: Anukrama Poudel - 22031, Grade XI

Posted on: 03 November, 2020

 कीर्ति राख पछिसम्म बाँच्न सक्ने गरी 

जनताको मनभित्र पस्न सक्ने गरी ।

पूर्वजले राखे कीर्ति जनताकै लागि 

आफ्नै श्रम र पसिनाले धान्न सक्ने गरी ।।


हामीभन्दा अगाडिका कति बिती गए 

जानुपर्छ हामी पनि धनजन छाडी ।

हामी जाँदा सबै मान्छे दुःख मान्ने बनून् 

काँडा बनी जीवनमा नघाेचाैँ न खालि  ।।


गरौँ असल कर्महरू जनताका लागि 

भिक्षा मागी खाऊँ बरु धनमान त्यागी । 

जीवन त्यो नै सुखी होला सारा सुख त्यागी 
सुख कतै मिल्ने छैन दुःखबाट भागी ।

त्यागमा जति सुख मिल्छ भोगमा मिल्ने छैन

पटक पटक मानव जीवन फेरि पाइने छैन ।  

राम्रो काम गर्नलाई भोली नभन न

समाजमा बाँचनलाई नमुना नै बन ।।