Written by: Sinja Ghimire - 21127, Grade XII
Posted on: 02 November, 2020
घरघर आउँछन्, माग्ने मलाई केही देऊ भनेर
तर, हामी निष्ठुरी मानिस भन्छौँ, ‘तँ यहाँबाट गइहाल्’ भनेर ।
लुगा छ फाटेको, टाटे पाङ्ग्रे चारैतिर टालटुल पारेको
विश्व जान्दछु भन्ने मानिस ! खै माग्नेको कुरा बुझेको ??
धर्मकर्म जान्दछु भन्ने मानिस ! माग्नेको चाहिँ कस्तो कर्म हो ?
कहिलेकाहीँ मनभरको गाली र एक दुईको सिक्का दिनु नै धर्म हो ?
लाखौँ रुपैयाँ धर्मकर्मको नाममा दान दिन सक्छौँ हामी
तर, माग्नेलाई दुई गाँस खान दिन दाँतबाट पसिना झार्छौं हामी ।।
यो प्रश्न हो सारा मासिनहरूका लागि जो देखाउनका लागि धर्म गर्दछन्,
माग्ने घरमा आउँदा एक जोर पुराना कपडा दिनसमेत पछि हट्दछन् ।
ईश्वरसमेत मानिस कसरी यति बैगुनी भयो भनेर सोच्दछन् होला
यसरी मानव चोलाको सिर्जना गरेकोमा आफूलाई धिकार्दछन् होला ।।
मानिस धेरै जान्ने बुझ्ने भएकाले माग्नुलाई विकृति ठान्दछन्,
त्यही भएर होला उनीहरू माग्नेलाई हेला गर्दछन् ।
दुईचार जना ठग भए भन्दैमा सारा माग्नेहरूलाई दोस्नु हुँदैन,
जान्ने बुझ्ने मानिसले अरूको बारेमा नराम्रो सोच्नु हुँदैन ।।
यो कविता हो ती तमाम मानिसहरूका लागि
जो माग्नेलाई हेला गर्दछन् जानी नजानी ।
ती माग्नेहरूको परिस्थिति नबुझ्ने हामी
धिक्कार छ हाम्रो देखावटी मानवताका लागि ।।