Logo

Student Corner

हिन्दूहरूको महान् चाडः विजया दशमी

Written by: Binayak Kumar Mahato - 22025, Grade XI

Posted on: 18 October, 2020

बडादसैँ आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मनाइने विशेष पर्व वा उत्सव हो । दसैँलाई बडादसैँ, दसहरा, विजया दशमी आदि नामले जानिन्छ । यो नेपालीहरूको सबैभन्दा ठुलो राष्ट्रिय चाड हो । हर्ष र उल्लासका साथ आउने र मनाइने दसैँले बेग्लै रौनक ल्याइदिन्छ, भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पुरै वातावरणमा उल्लास र रौनक भरिदिन्छ । 

याे पर्वमा मालश्री धुन बजाएर र गीत गएर रमाइलो गरिन्छ । देश विदेश तथा टाढा टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । दसैँमा रातो टीका, मान्यजनको आशिर्वाद, जमरा, दक्षिणा , मिष्ठान्न भोजन र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्त्वका रूपमा लिइन्छ । दसैँमा नवदुर्गा (हिन्दु धर्मकी शक्तिस्वरूपा देवी दुर्गा) को नौ वटा रूपको विशेष पूजा तथा आराधना गरिन्छ । बडादसैँ सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको विषय मात्र नभएर वैज्ञानिक महत्त्वको विषय पनि रहेको पुष्टि भएको छ । मनिसको मस्तिष्कमा रहेको बिकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मन्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सङ्केत पनि गर्छ । 

यो पर्व आडम्वरी, खोक्राे, मुल्यहीन हुँदै होइन । पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर, यथार्थ विधिपद्धतिअनुसार निष्ठावान् तरिकाले मनाउनुपर्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । साथै पर्व मनाउँदा घाँटी हेरी हाड निल्नू भन्ने हाम्रो महत्त्वपूर्ण नेपाली उखानलाई अनुसरण गरौँ । दसैँजस्तो महान् चाड सुरक्षित र रमाइलो तरिकाले मनाउनुपर्छ ।