Written by: Anukrama Paudel - 22031, Grade XI
Posted on: 15 October, 2020
सबै हात एक भैदिए
म कति चाँडै उठ्न सक्ने थिएँ होला,
सबै मन एक भैदिए म सधैँ बर्बराउन्नथेँ होला,
म धेरै समय बर्बराएँ,
अहिलेसम्म कसैले ध्यानसँग
सुनेजस्तो लाग्दैन ।
मेरो मनको इच्छाशक्ति
अत्यन्त चहकिलो भएर उठ्ने थियो,
मैले एक्लै उठने धेरै प्रयत्न गरेँ,
म उठ्न लागेको देखेर
मलाई सहयोग गर्ने बहानाले
जहाँको त्यहीँ, जस्ताको त्यस्तै राख्न खोज्ने हातहरू सल्बलाइरहेछन्,
मलाई यथास्थितिभन्दा पनि
अझ जिर्ण बनाएर हेर्न लालायित हुनेहरू
बडो आनन्द मानेर हेरिरहेछन्,
म उठ्न खोजेर पनि उठ्न नसक्दा
विवश बाँचिरहेछु, विवश बाँचिरहेछु ।