Logo

Student Corner

छोरीको पुकार 

Written by: Sinja Ghimire - 21125, Grade XII

Posted on: 14 October, 2020

बिहान सबेरै खाजा छ रोटी

खेद्छौ मलाई मेलामा 

घाँस र पात गराउँछौ मलाई

 खाने लाउने उमेरमा ।

डोको र नाम्लो दाउराको भारी 

बाेकाउँछौ मेरो काँधमा 

बाघ र भालु डर छ हेर 

त्यो घना जङ्गलमा ।

 

 हे मेरा दाइ ! ए मेरा भाइ !

 सुनिदेऊ छोरीको पुकार 

छोरीलाई तिमी नहेप बरु 

गरिदेऊ उद्धार । 

भोलि नै म पढ्न जान्छु

 किताब च्यापेर 

बनुँला हेर म ठूलो मान्छे 

लेखपढ गरेर ।