Logo

Student Corner

सपना

Written by: Karma Gurung - 21109, Grade XII

Posted on: 12 October, 2020

बच्चा हुँदा आफूलाई आमबुबाले ‘ठुलो भएर के बन्ने ?’ भन्दा हामी डाक्टर, इन्जिनियर र पाइलट भन्थ्यौँ  तर अब त्यही प्रश्न अहिले सोध्यो भने हामी आत्तिन्छाैँ । जुन प्रश्न सानामा सोध्दा हामीले सजिलो गरी उत्तर दिन्थ्याैँ त्यही  प्रश्न अहिले हमीलाई सोधेको बेला हामी  गहिरो विचारमा हराउँछौँ, के कारणले हाेला ? ती सपनाहरू कता हराए ? यसकाे जबाफ हो, घर ।   
जब हामी परिपक्व हुन्छौँ, हामी मानिसहरू हाम्रा सपनाहरूबाट टाढा हुँदै जान्छौँ । हामी आफ्ना सपनाहरू छोडेर अरूको सपना साकार पार्नतिर लाग्छौँ  । हामी आफैँमा धेरै शङ्का उत्पन्न गर्न थाल्छौँँ । त्यस्तै गरी हामी आफ्नै लक्ष्यहरूमा यति धेरै डराउन थाल्छौँ कि हामी यो प्राप्त गर्न असम्भव छ भन्ने कुरामा विश्वास गर्न थाल्दछौँ । तपाईं अझै पनि त्यो सानो बच्चा हुन सक्नुहुन्छ जसले आफ्नो जीवनमा ठुला चिजहरूको सपना देखेको थियो ।

जब हामी बढ्न थाल्छौँ, हामी आफ्ना सपनाहरू छोड्न थाल्छौँ । हामी के गर्न सक्छौँ भन्नेबारे समाजबाट दबाब महसुस गर्न थाल्छौँ । हामी डराउँछौँ, हामी हाम्रा सपनाहरू फ्याँक्न थाल्छौँ र ती मानिसहरूलाई खुसी पार्नतिर लाग्छाैँ जसले हाम्रो जीवनमा कुनै अर्थ राख्दैनन् । सपना देख्न कहिले पनि ढिलो हुँदैन । मिहिनेत र ध्यान ठिक ठाउँमा लगायाे भने यो दुनियामा हामीलाई हाम्राे सपनालाई वास्तविकतामा ल्याउन कसैले पनि रोक्न सक्दैन तर यो बाटामा आफूले आफूमाथि विश्वास राख्नुपर्छ । यो जीवनको बाटामा हामीले धेरै  मान्छेहरूका नकारात्मक टिप्पणीहरू सुन्नुपर्ने छ र  तिनीहरूले हाम्रो खिल्ली उडाउने छन् तर जब हामी आफ्ना सपनाहरू साकार बनाउँछाैँ, तिनै व्यक्तिहरूले हामीलाई बधाई दिनेछन् ।