Logo

Student Corner

तिब्बती मास्टिफ

Written by: Srijal Ulak - 21117, Grade XII

Posted on: 07 October, 2020

लगभग सबैजसाे ठुला कुकुरहरूको पूर्वज तिब्बती मास्टिफ भनिने जातको हो । यसलाई नेपाललमा भोटे कुकुर भनेर चिनिन्छ । यसको आयु बाह्र-पन्ध्र वर्षको हुन्छ। तिब्बती मास्टिफ जातका कुकुरहरू हेर्दा ठुला मात्र होइनन् उनीहरूमा उनीहरूको परिवारलाई बाहिरी खतराबाट जोगाउने सामर्थ्य र चलाखी छ भन्ने कुरा उनीहरूकाे कामबाट देखिन्छ । जब तिनीहरूलाई पाले कुकुरका रूपमा प्रयोग गरिन्थ्यो, तिनीहरूलाई कामका लागि सम्पूर्ण गाउँको हेरचाहको जिम्मा दिइन्थ्यो । तिब्बती मास्टिफ प्राचीन कालदेखि नै थियो, जब तिनीहरूका पुर्खाहरू हिमालयको उच्च पठार र उपत्यकामा घुमन्तेहरूसँग बसेका थिए । यिनीहरूमध्ये केही बलिया कुकुरहरू पश्‍चिमतिर युरोपसम्म ल्याइएका थिए । आँटिला हुनाले उनीहरूका सन्तानबाट मास्टिफ्स बक्सर र सेन्ट बर्नार्डलगायत आधुनिक मोलोसेर नस्लहरू बने । यी कुकुरहरूको लामो स्वरचिम्टी र ठुलो फोक्सो हुन्छ जसले गहिरो ठुलो आवाज निकाल्दछ । 

तिब्बती मास्टिफका मांसपेशीहरू ठुला र बलिया हुन्छन् जसले तिब्बती मास्टिफलाई लड्न र रक्षा गर्न बल दिन्छन् । याे कुकुरको ठुलो र उल्लेखनीय उपस्थितिले विश्वमा चीनको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशको कल्पनालाई समातेको छ, यो एउटा आश्चर्यजनक नयाँ प्रवृत्ति हो जहाँ कुकुरको स्वामित्व पचास वर्षपहिले वास्तवमा प्रतिबन्धित गरिएको थियो । विगत २० वर्षमा तिब्बती मास्टिफ चिनियाँ कुकुरको कल्पनामा परिर्वतन अग्रणी रहेको छ किनकि चिनियाँ मध्यम वर्ग गरिबीबाट समृद्धिमा बढेको छ, जसरी कुकुरप्रेमीहरूको फौज बढेको छ । तिनीहरू अब उत्तम जातका देखिन तिब्बती मास्टिफ सम्मेलनहरूमा ओइरिएका छन् । आज आधुनिक चीनमा विशाल घर र ठुलो तिब्बती मास्टिफ हुनुलाई धेरै धनी र प्रख्यात हुनाकाे प्रतीकका रूपमा लिइन्छ ।  एक तिब्बती मास्टिफ चीनमा लगभग २ लाख डलरमा बेचिएको थियो । तिब्बती मास्टिफलाई चिसो र सुक्खा मौसम उत्तम हुन्छ । तिनीहरूको क्षेत्रीय प्रकृति मतलब तिनीहरूलाई राख्ने ठाउँलाई ठुलो बारको आवश्यकता पर्दछ । शुद्ध तिब्बती मास्टिफ एकदम दुर्लभ छ । तिनीहरू विशाल र क्रूर हुन्छन् र सिंहजस्ता देखिन्छन्। 


तिब्बती मास्टिफले केही विशेष स्वास्थ्य चिन्ताको अनुभव गर्न सक्दछ, हिप डिस्प्लासिया थाइरोइड समस्या, छालाको अवस्था र सङ्क्रमण यीमध्ये केही मात्र हुन् । एक स्वतन्त्र र अक्सर जिद्दी जातको रूपमा तिब्बती मास्टिफ पक्कै पनि नौजवान कुकुर मालिकको लागि होइन । तिब्बती मास्टिफहरू उनीहरूको परिवारप्रति मायालु र सुरक्षात्मक छन् तर अपरिचितहरूदेखि होसियार छन् । मस्टिफलाई खुसी र स्वस्थ राख्नको लागि तपाईंसँग सुख्खा र चिसाे वातावरण हुनुपर्दछ । यसले लामो समयसम्म बाँच्ने प्रजातिका ठुला कुकुरहरूको सामान्य स्वास्थ्य समस्याहरू अनुभव गर्दछ । यो महत्त्वपूर्ण छ कि तपाईंको तिब्बती मास्टिफले जवान उमेरबाट सामाजिक अनुभव प्राप्त गर्दछ । यदि तपाईंले समय दिन र हेरचाह गर्न सक्नुभयो भने यसले तपाईंप्रति असीमित वफादारी देखाउने छ । तिब्बतबाट सुरु भएका कुकुरहरू भारतमा फेला परेकाभन्दा दुई गुणा ठुला छन् । तिनीहरू अत्यन्त शक्तिशाली छन् र विश्वास गरिन्छ कि तिनीहरू बाघ मार्न पनि सक्षम छन् । 

सन्दर्भ सामग्री :

फेल्टेन्स्टैन, मार्था (सन् १९८४), अमेरिकन टिबेटन मास्टिफ असोसिअसन्, न्यु जर्सी ।