Logo

Student Corner

स्वच्छ वातावरण

Written by: Shreejal Khatri - 2022024, Grade XI

Posted on: 05 October, 2020

स्वच्छ वातावरण मानिसलाई नभई नहुने कुरा हो । यदि वातावरण स्वच्छ छ भने हाम्रो वरिपरिका कुराहरू सफा र स्वच्छ रहन्छन् । स्वच्छ वातावरण भनेको आफ्नो वरिपरिको वातावरण सफा र स्वच्छ हुनु हो । स्वच्छ वातावरण हुनु मानिस र जन्तु दुवैलाई एकदमै जरुरी छ ।

वातावरणले मानिसको जीवन कस्तो छ भन्ने बुझाउँछ । यदि एउटा मानिस  स्वच्छ र सफा वातावरणमा बस्छ भने उसलाई रोग लाग्ने सम्भावना धेरै नै कम हुन्छ र उसको स्वास्थ्य पनि राम्रो हुन्छ तर यदि एउटा मानिस फोहोर वातावरणमा बस्छ भने उसलाई रोग लाग्ने सम्भावना धेरै हुन्छ । स्वच्छ वातावरणले मानिसलाई स्वच्छ हावा र पानी दिने मात्र हैन यसले मानिसको जीवनकाल पनि बढाउँदछ । जो मानिस स्वच्छ वातावरणमा हुर्कन्छ, उसको बुद्धि पनि स्वच्छ र सफा हुन्छ ।

 यदि स्वच्छ वातावरण बनाउन मन छ भने मानिसले फोहोरमैलाहरूलाई सही ठाउँमा राख्नुपर्छ । हामीले स्वच्छ वातावरण बनाएजस्तै त्यसलाई कायम पनि राख्न सक्नुपर्छ । स्वच्छ वातावरण राख्नका लागि समाजका सबै मानिसहरूले आफ्नो वातावरण सफा राख्नु जरुरी छ । तर सुरुचाहिँ आफैँबाट गर्नुपर्छ । यदि आफूले आफ्नो वातावरण सफा गर्न सुरु गर्यो भने यसले गर्दा अरूले पनि आफ्नो वातावरण सफा राख्नु पर्ने हौसला पाउँछन् । वातावरण स्वच्छ राख्नका लागि पनि कडाभन्दा कडा नियमहरू बनाउनुपर्छ र नियम पालना नगर्ने जनताहरूलाई केही सजाय दिनु आवश्यक छ । मानिसहरूलाई स्वच्छ वातावरणको महत्त्वका कुराहरू बुझाउन पनि वातावरण स्वच्छ राख्नु आवश्यक छ । जब मानिसलाई स्वच्छ वातावरणको महत्त्व थाहा हुन्छ, तब वातावरण आफैँ स्वच्छ हुनेछ । जनताले मात्र हैन सरकारले पनि स्वच्छ वातावरणका लागि कार्यहरू गर्नुपर्दछ । सरकारले स्वच्छ वातावरण कसरी राख्ने भन्ने योजना बनाउनुपर्छ र त्यो योजनालाई कार्यान्वयन गराउनुपर्छ । 

त्यसैले हामीले हाम्रो वातावरण स्वच्छ बनाउन जरुरी छ । यदि स्वच्छ वातावरण भयो भने हाम्रो देश पनि अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ एवम् सफा राष्ट्र भनेर चिनिने छ । स्वच्छ वातावरण बनाउनका लागि समाजका सबै मानिसहरू एकजुट भई काम गर्नुपर्ने हुन्छ । स्वच्छ वातावरणले हामी बस्ने ठाउँलाई सफा बनाउँदछ । कुनै पनि देशको प्रशंसा हुन सरसफाइ नै पहिलो आधार मानिन्छ ।