Logo

Student Corner

हिमाल यात्रा गर्दाको काल्पनिक अनुभव

Written by: Aashutosh Pudasaini - 2022002, Grade XI

Posted on: 01 October, 2020

हिमाल चढ्दाको यादले झसङ्ग भएँ । आफू उभिएको अगाडि पश्चिमपट्टि आँखा पुग्यो, एकजना हिमाल आरोहीले जीवन गुमाएका रहेछन् । केही बेरअघिको खुसी एकाएक दुःखमा परिणत भयो । केही बेरअघि २ नेपाली र १ विदेशी गरी ३ जना शिखरमा पुगेर फर्केका थिए । चुचुरोमा पुगेपछि फर्कनेहरूको अनुहार स्वर्गमा गएर आएको जस्तो धपक्कै बलेको देखियो । हिमालैभरि जताततै विभिन्न किसिमका फोहोरहरू समेत देखिए । हिमाल भनेको हिउँकै घर रहेछ । हिउँ खानु, हिउँमै लड्नु, हिउँकै नदी, हिउँकै पहिरो, जताततै हिउँको संसारमा आफूलाई पाउँदा हिममानवको अनुभूति भयो । 

हिमाल चढ्ने कार्य कठिन कार्य हो । ठाडो हिउँको उकालोमा ‘एक्स’ खोपेर डोरीमा झुन्ड्याउदैँ अघि अघि चढ्दै गरेको आरोहीले पछाडि हेर्न सतर्क हुनुपर्ने रहेछ । कुनै साथी खस्यो भने त्यसलाई छोडेर हिँड्न बाध्य हुनुपर्छ । त्यसैले हिमाल आरोहण साहसिक कार्य हो । अनि आफ्नो जीवन डोरीको भरमा, हातको भरमा  मात्र  हो । अर्कालाई बचाउँदा आफू होसियार हुनुपर्ने, हिमालमा लगाउनु पर्ने पोसाकबारे ज्ञान, हिमालका गल्छी, खोँच, पहिरो आदिको ज्ञान हुनुपर्ने हुन्छ । हिमाल चढ्नु भन्न सजिलो तर गर्न गारो काम रहेछ । हिमाल चढ्न, सैपाल हिमाल चढ्दा त यस्तो रहेछ भने सगरमाथा कस्तो होला । जीवन कति कठ्याङ्ग्रिँदो रहेछ । किताबमा पढेको अक्सिजनको महत्त्व  बुझियो र जीवन के रहेछ भन्ने थाहा भयो ।  

जीवन नटुङ्गिने यात्रा रहेछ तर हिउँसँग खेल्दा र त्यहाँको दृश्य हेर्दाको अनुभव नै बेग्लै थियो । सोचेजस्तो नहुन पनि सक्छ जीवन । जीवनयात्रा कतिको अधुरो हुँदो रहेछ प्रकृतिको क्रुरतामा, मैले धेरै मित्रहरूलाई यसैगरी गुमाएको छु, त्यसैले हिमाल यात्रा मेरा लागि एउटा कठिन तर  गर्नै पर्ने यात्रा लाग्न थालेको छ ।