Logo

Student Corner

भानुको सम्झना

Written by: Riya Jha - 21134, Grade XII

Posted on: 29 September, 2020

साँझको बेला फूलमा पानी हाल्दै सोच्दछु निरन्तर

नेपाली साहित्य क्षेत्रमा कसले फुलाए कविताको फूल ?

 

बुद्ध, सीता र भृकुटी जहाँ जन्मिए

त्यहीँ भानु आफ्नो दिव्यताले चम्किए ।

 

चारैतिर हिमाल, पहाड छन् हजारौँ ताल

भानुभक्त जन्मेको देश हो हाम्रो मातृभूमि नेपाल ।

 

सबैको मनमा खुसियाली छर्दै बित्यो असार

भानुभक्तले रचेका कृति छन् अपार ।

 

प्राथमिक कालीन नेपाली साहित्य क्षेत्रका अग्रणी उनी

लेखे उनले प्रश्नोत्तरी, भक्तमाला र वधूशिक्षा जस्ता काव्य पनि ।

 

तनहुँको रम्घामा जन्मेर पहिचान बनाएका भानुभक्त

छन् तिम्रा काव्य र कृतिहरू ज्ञानयुक्त ।

 

घाँसीबाट प्रेरणा पाई साहित्यको रचना गरी चर्चित

     नेपालीहरू भएका छन् यिनकाे कामबाट गर्वित ।

 

हे रामायणकार ! मूर्त रचना गर्ने कलाकार

रामायणलाई नेपाली भाषामा अनुवाद गरी गर्‍याै प्रचार

नेपाली साहित्यले तिमीलाई आदिकवि भनि गर्‍याे स्वीकार ।

 

हो रामायण रामको प्रिय कथा आदर्शको सम्बल

जसले जीवनमा दियो प्रतिफल जीवन्त बन्ने बल ।

 

सिर्जनशील जीवन कथा सम्झेर आजीवन

नेपाली जान गौरवान्वित भई पाए नया जीवन ।

 

भानु जयन्ती मनाउँदै गर्छु तिम्रो स्मृति

युगाैँयुगसम्म अमर रहनेछन् तिम्रा काव्यकृति ।