Logo

Student Corner

दोष कसको ?

Written by: Utkrista Mani Neupane - 21133, Grade XII

Posted on: 24 September, 2020

देशमा राणा शासन हट्‍याे,

प्रजातन्त्र आयो केही समयका लागि

अनि पञ्चायतलाई फेरि पछार्‍याे,

राजा हटाएर गणतन्त्र आयो,

भ्रष्टाचारको रूपले छल गर्‍याे,

यही नै कलङ्क बन्यो देशको मुहारको ।

के यो देशको गल्ती नै हो र ?

कि नेताले गर्दा यसकाे नाम बिग्र्याे ?

कि जनताको मुर्खता हो ?

 

शिक्षित नेता नभएर होला

हाम्रो देशको हालत यस्तो छ ।

रातदिन मनमा कुरा खेल्छ

किन चाहिँ नेताहरूलाई डिग्री पर्दैन ?

यो नै गल्ती हो दुवै सरकार र जनताको

अनि यस्तै नेतालाई चुनाव जिताउने को हुन् ?

अनि देश यस्तो भएन उस्तो भएन भन्न सुहाउँछ र ?