Logo

Student Corner

संयुक्त राष्ट्रसङ्घ

Written by: Kripa Bhandari - 21129, Grade XII

Posted on: 22 September, 2020

   अन्तर्राष्ट्रिय रूपमा शान्ति र सुरक्षा कायम राख्दै राष्ट्रहरूका बिच मैत्रीपूर्ण  सम्बन्ध कायम राख्ने पवित्र उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था नै संयुक्त राष्ट्रसङ्घ हो । प्रथम विश्वयुद्धको समाप्तिपश्चात् राष्ट्रसङ्घको स्थापना भएको र यसले आफ्नो उद्देश्य कायम गर्न नसकेपश्चात् दोस्रो विश्वयुद्ध भएको थियो जसलाई राष्ट्रसङ्घको असफलताको रूपमा समेत लिन सकिन्छ ।

दोस्रो विश्वयुद्धको समाप्तिपश्चात सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो l अन्तर्राष्ट्रिय शान्ति  र सुरक्षा कायम गर्न, राष्ट्रहरूबिच मैत्रीपूर्ण सम्बन्ध विकास गर्न अन्तर्राष्ट्रियस्तरमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानवीय समस्याहरू र मानव अधिकार एवम् मौलिक स्वतन्त्रता, हकप्रतिको सम्मानको भावना बढाउन सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घका उद्देश्यहरू रहेका छन् । बडापत्रले संयुक्त राष्ट्रसङ्घका ६ प्रमुख अङ्गको स्थापना गरेको छ । ती यस प्रकारका छन् : महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, जिम्मा जमानी परिषद्, सचिवालय र आर्थिक तथा सामाजिक परिषद् l माहासभा संयुक्त राष्ट्रसङ्घको मुख्य विचार विमर्श गर्ने अङ्ग हो l संयुक्त राष्ट्रसङ्घको नियमित बजेट दुई वर्षका लागि महासभाबाट स्वीकृत हुने गर्दछ l 

माहासभामा संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूको प्रतिनिधित्व र प्रत्येक राष्ट्रलाई सभामा एउटा मात्र दिने अधिकार छ l महत्त्वपूर्ण प्रश्नहरू जस्तै शान्ति र सुरक्षा, नयाँ सदस्यता प्रदान गर्ने र बजेट सम्बन्धी कुराहरूको सिफारिस गर्नाका लागि हुने छ l सुरक्षा परिषद्मा १५ राष्ट्रहरू सदस्य हुन्छन् l अमेरिका, रुस, ब्रिटेन, फ्रान्स र चीन स्थायी सदस्य हुन् l अन्तर्राष्ट्रिय न्यायलय संयुक्त राष्ट्रसङ्घको मुख्य न्यायिक अङ्ग हो l यसले राष्ट्रहरूबिचको कानुनी झगडा छिन्नुका साथै संयुक्त राष्ट्रसङ्घलाई विशेषज्ञ एजेन्सीहरूलाई कानुनी सल्लाह दिन्छ l अन्तर्राष्ट्रिय जिम्मा जमानी पद्धति स्थापना गर्ने उद्देश्यले बडापत्रले जिम्मा जमानी परिषद्लाई संयुक्त राष्ट्रसङ्घको एक प्रमुख सङ्घको रूपमा स्थापना गरेको छ र सो परिषद्लाई अन्तर्राष्ट्रिय जिम्मा जमानी प्रणालीअन्तर्गत रहेका प्रदेशहरूको प्रशासनमाथि रेखदेख गर्न खटाएको छ l सचिवालयले संयुक्त राष्ट्रसङ्घको विविध दैनिक कार्य सम्पादन गर्छ l आर्थिक तथा सामाजिक परिषद्ले संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राष्ट्रसङ्घको परिवारको रूपमा चिनिने तिनका विशिष्ट सङ्गठनहरू तथा संस्थाहरूको आर्थिक तथा सामाजिक कार्यहरूलाई निर्देशित गर्ने गर्दछ l  

संयुक्त राष्ट्रसङ्घको भविष्य संयुक्त राष्ट्रसङ्घका क्रियाकलापहरूमाथि नै निर्भर रहेको छ । राष्ट्रसङ्घप्रति सदस्य राष्ट्रको मोहभङ्ग हुन नदिनु नै आजको प्रथम आवश्यकता हो ।