Logo

Student Corner

Written by: Aashish Sapkota - 21135, Grade XII

Posted on: 20 September, 2020

निलो आकाशमा उडिरहने चरासरि 

अविश्रान्त बगिरहने नदीसरि

 वसन्तमा फुलिरहने फूलसरि 

खेतबारीमा झुलिरहने धानसरि 

निरन्तर पौडिरहने माछासरि 

सपनाको रङ्गीन सहरको 

सुखसयलमा रमिरहन्छु म ।

 

 कालकोठरीमा थुनिएकाे बन्दीसरि

 शिशिरमा उजाडिएको रूखसरि 

डढेलोले खाएको वनसरि

 मरूभूमिमा उडेको तातो बालुवासरि 

 यथार्थको उराठलाग्दो वर्तमानमा

 आफैँलाई नै निरन्तर खोजिरहेछु म ।