Logo

Student Corner

कोठाभित्र

Written by: Pratik Kharel - 21131, Grade XII

Posted on: 16 September, 2020

कोठाभित्र, भित्री दुःख निस्किन्छ,

तर बाहिर खुसीको भाव झल्किन्छ ।

 

के सत्य के झुटो, त्यो उसलाई मात्र पत्तो छ,

तर त्यो चोटको मर्म कोठामा पोखिन्छ ।

कोठाभित्र धेरै अँध्यारो छ,

तर बाहिर अनुहारमा त्यो खुसीको झलक देखिन्छ ।

 

त्यो कोठा उसको लागि सधैं अँध्यारो नै भइराख्छ,

त्यसैले होला बाहिर एउटा अनि कोठाभित्र अर्कै मान्छे भेटिन्छ ।