Written by: Sandarva Subedi - 21121, Grade XII
Posted on: 07 September, 2020
चिहानको प्रगति र
त्यसैसँग हराएका रङ्गहीन इन्द्रेणीमा
भोजन नकारेको भोकको उल्लासले
विरहको थोपा ढिक्का भएर पल्टिरहेछ,
ढुङ्गाको ग्रन्थले कालको खड्ग भिरेर
निच-निर्लज्जताको पासो थापिरहेछ।
ओरालो लागेको प्राप्तिको किरणले पनि
तुहिएको सपनाले सङ्घर्षको पहाड छोपिरहेछ।।
पुष्प दिव्यको अहङ्कारले लोलाएका
पाइलाहरू लाखौँ सपनाका गन्तव्य पछ्याइरहेछन्,
कुल्चिएर झारिएका विवश कल्पनाको
हसिन सभ्यताको रापले
कान्तिहीन अग्नि तापिरहेछ ।।
नवीन किरणको अल्पाहारी पिशाच बनेर
सोमरसको चुस्कीसँगै उत्तेजित हुन्डरीको
बहाबमा उही गिद्धे नजरको अनुसरण
र
मदिराको भोकले लालायित मर्दका छातीहरू
आदर्शको सिनोमा पनि
ताजापन औँल्याइरहेछन् l l
आँखी झ्यालको प्वालमा पनि
शान्ति र अमनचयनको झुटो तृष्णाले
व्याकुल गिद्धका सिद्धान्तले मुख थापिरहेछ
र युद्ध विरामका घाउसँगै
विलुप्त भएर मझेरीमा झारिएकाे
आँसुले मूल्य मागिरहेछ।।