Written by: Subham Regmi - 2022014, Grade XI
Posted on: 06 September, 2020
समाज सेवा दुई शब्द मिलेर बनेको छ - 'समाज' र ‘सेवा’ । समाज मानिसहरूको व्यवस्थित समूह हो भने सेवा भनेको अरूको भलाइ वा हित गर्ने काम हो । कुनै आशा नराखी नि:स्वार्थ भावले गरिने कार्य नै समाज सेवा हो । त्यसैले हामीले अरूको मद्दत गरी सबैलाई खुसी बनाउनुपर्छ । हामीले जे गर्छाैँ, त्यसकै आधारमा फल पाउँछाैँ।
मानवको जन्म समाजकै सेवाका लागि भएकाले जीवन सार्थक बनाउनका लागि अनि आत्मिक सुख प्राप्तिका निम्ति समाज सेवा गर्नु आवश्यक छ । खालि आफ्नो मात्रै दुनाे साेझ्याउनेहरू स्वार्थी हुन् । स्वार्थी व्यक्तिहरूले परसेवामा जोड दिँदैनन् । भौतिक सुख प्राप्तिका निम्ति मात्र काेही मानिस लाग्दछ भने त्यस्ताे मानिसले समाज सेवा गर्दै गर्दैन । यसैले समाजसेवीले सामाजिक उत्तरदायित्व, अनुशासन र ‘सेवा नै धर्म हाे' भन्ने भावनालाई मनन गर्नुपर्छ । दान दिनु, चौतारी बनाउनु, परोपकार गर्नु, साझा हितका निमित्त कार्य गर्नु, लोक कल्याणकारी तथा सेवाका नाममा मागी खाने भाँडो नबनाउनु नै स्वर्गीय सुख वा आनन्द प्राप्तिको मार्ग हो । समाज सेवाका नाममा प्रशस्त विकृति एवम् विसङ्गति देखा परे पनि त्यसको निराकरण गरी हामीले आफूमा सुख लिन होइन दिन जन्मेकाे हुँ भन्ने भावनाकाे विकास गर्नुपर्छ, त्यसैले हामीले समाज सेवामा लिनुभन्दा दिनुपर्छ। सिङ्गाे युगलाई आश्चर्यचकित पार्ने गरी फलोरेन्स नाइटिङ्गेल, हेनरी ड्युना आदिले समाज सेवा गरेका थिए । त्यसैले समाजसेवा एकदमै महत्त्वपूर्ण देखिन्छ । अहिले त नेपालमा पनि युवावर्ग समाज सेवामा दिन रात निःस्वार्थ रूपमा खटिरहेका देखिन्छन् । हामी अहिले यही विषम परिस्थितिमा हेर्न सक्छाैँ कि नेपाली युवाहरू याे महामारीमा गरिब, दुखी, भोका, प्यासा व्यक्तिहरूलाई सेवा प्रदान गरिरहेका छन् ।
यसरी समाज सेवा मानवको धर्म वा पुण्य कमाउने बाटो हो । सेवाभाव राखी समाज सेवामा समर्पित हुने, परपीडा नदिने, आफ्नाे क्षमताअनुसार मन, वचन र कर्मले सेवा गर्नेजस्ता कार्य गर्नु नै वास्तवमा पक्का समाज सेवी बन्नु हो, जसबाट समाज सेवा यथार्थमा झल्किन्छ ।