Logo

Student Corner

उल्लु

Written by: Sandarva Subedi - 21121, Grade XI

Posted on: 12 March, 2020

कविताको रसातलमा डुबुल्की मारेर
कविको आत्माले पुकारिरहेछ
त्यो भावनाको तन 
रातभर जाग्राम बसेर रचनाको शिखर
हासिल गरेको यो उल्लुको 
न्यानो अभिवादन !
 
झिसमिसेको शोभाले लोभी तुल्याइ
उद्देश्यहीन टिप्पणीमा व्यस्त
सैतान समयका उल्लुहरू
खलियानको धान  मास्नु भन्दा
भकानिएको भकारोको
सेवा गर्न लाग बरू।।
 
कृत्रिम अनर्थको अर्थले  टोकसेर
राजनीतिको कोरोनले बेरिएका
सरकारी भाइरसहरू
अस्तित्वहीन उल्लुको गन्धले
नाककै स्वाहा भयो
उन्मुक्ति देऊ महादेव बरू।।
 
 
 
लाचार उल्लुबादको सिद्धान्तमा होमिएर 
सङ्ग्रामको विधेयक पेस गर्न
संसदभवन पसेका उल्लुलाई 
गुलेलीले नभई भाटाले लखेट्नुछ
उद्दण्डको पुराण विरुद्ध नारा लगाई    
 
शान्ति र अमनचैनको बाचा गरेर
शोषण उत्पीडनका सपना बोक्ने
बिदेशी प्रभुका आशामुखी दूतलाई
म आफैले आफैलाई
उल्लुको उपनाम टक्रयाउदै छु
मिच्‍न नै सकिएन ती सम्राज्यबादी भूतलाई।।
 
७० सेकेन्डको अडियो चुहावटले
मुख नापेर थन्किएको ७० करोड
तह लाउन नसकेको उल्लुले
मुलुक विकासका स्वर्णीम भविष्यको 
बडा बिचित्र बात गर्छ
तर अब पत्याउछ पो कल्ले।।  
 
उल्लु संरक्षण गर्न लागि परेको
ठुलै कदको उल्लुलाई  
सत्ता भासिने जनमतको
उदयले पिरोल्छ विश्राम
लिएर व्यथा सुनाउने पो कल्लाई।।
 
बालुवाटारको सीमानामा गिद्दे
नजरलाई ब्रज हानी
ललिताको ललितामा आँखा तन्काउने उल्लुलाई
जीवनमरण सङ्घर्षको खासै ज्ञाननै भएन
जस्तो छ भुँडी फुलाई बस्या छ
भाको एक थान संविधानलाई लत्याई।।
                
उल्लुको
महत्वाकांक्षी रवाफमा छट्पटाई
स्वाधीनता लुटेर लग्यो
आफ्नो भन्न नपाई
भाषणका शब्दहरू निसासिएर
कोलाहल गर्दै छन्
साँचो भावानाको वर्णन गर्न नभ्याई।।
   
तसर्थ,
उल्लुको संरक्षण गर्नु 
महापाप हो
आगामी दिनकाे उद्देश्य भनेकै
उल्लुबादको सिद्दान्तलाइ निमिट्यान्न
पार्नु हो
उल्लु बिरुद्ध
एकजुट भइ लागाैँ
ती प्रतिगामी उल्लुको उत्छेद गर्न
पछि नाभागौँ।।