Logo

Student Corner

शान्ति

Written by: Ason Gautam - 20105, Grade XII

Posted on: 16 December, 2019

शान्ति कहाँ छौ तिमी यो अत्यचार र विसङ्गतिको देशमा 
फेरि पाइला चाल्दै आऊ शान्ति तिमी आफ्नै भेषमा

यो कस्तो अवस्था अायो देश रक्षकलाई मारे भालाले (सन्दर्भ:टिकपुर घटना)
त्यही देशद्रोहिले शान्ति तिम्रो महिमालाई ढाले 

तराई जुट्यो,पहाड जुट्यो,हिमाल जुट्यो
तर बुद्ध जन्मिएको देशको शान्ति खै कस्ले लुट्यो

डाँडाकाँडा गाउँ बस्ती सबै तिरबाट अहिंसा मेटाइदेऊ
जसरी अनन्त आकाश अटल छ त्यसै गरि तिम्रो अस्तित्व कायम राखी देऊ

हुन त अहिले सबैले गाउँछन् महिमा क्रान्तिको
तर देशको निम्ति मुख्य मन्त्र बनाउ सबैले शान्तिको

लालीगुराँस, डाफे, र बुद्ध सबैलाई शान्ति भनी पुकार्छन्
असहाय र  बृद्ध पनि तिम्रै सहाय खोज्दछन्

शान्ति अब फैल तिमी देशका हरेक कुना अनि ठाउँमा
म मरे पनि जहिले शान्तिकै नाम सुनु म