Logo

Student Corner

आमा

Written by: Chitra Tamang - 20112, Grade XII

Posted on: 05 December, 2019

आमा त्याे पीडा मैलै बुझेकाे छैन जुन तिमीले पाएकी थियाै
म सानाे छँदा मलाई राखेर थाेरै तिमीले खाएकी थियाै
हाे आमा, कहाँ बिर्सिन्छु र तिम्राे अथाह माया मैले याे जुनीमा
तिमीले जति माया गरे पनि तिम्राे अभावमा रातदिन रूने म 

घामपानी नभनी मेरै निम्ति सुखका बालाहरू खाेजिरह्यौ
आफ्नाे इच्छा मारेर आफ्नाे सन्तानकाे निम्ति हरपल हरक्षण साेचिरह्यौ
हाे आमा तिमी अमूल्य छाै तिम्रा गुणहरू फुलझैँ चम्किरहेकाे छ 
तिम्राे आँटमा मेराे जीवनका पाइलाहरू अघिअघि लम्किरहेकाे छ

संसारकी महान् मेरी आमा मेराे खुसीसँगै आँशुहरू पियौ हाेला
जानी नजानी धेरै दुख मैले तिमीलाई दिएँ हाेला 
हाे आमा त्यसैले त तिम्राे खुसीमा मैले संसार जितेकाे जस्ताे लाग्छ
तिम्राे न्यानाे काखमा जति बसे पनि थाेरै समय बितेकाे जस्ताे लाग्छ 

आफू एकपटक मरेर पनि मलाई संसार देखाउनु भयाे
भाेकै बसेर कयाैँ दिन याे भूमिमा मेराे नाम लेखाउनु भयाे 
हाे आमा तिम्राे दस धारा दूधकाे गुण म कहिले तिर्न सक्दिनँ
तिम्राे स्वाभिमानलाई कुल्चेर म अरूकाे लागि गिर्न सक्दिनँ 

आमा त्याे पीडा मैलै बुझेकाे छैनँ जुन तिमीले पाएकी थियाै
म सानाे छँदा मलाई राखेर थाेरै तिमीले खाएकी थियाै
आमा कहाँ बिर्सिन्छु र तिम्राे अथाह माया मैले याे जुनीमा
तिमीले जति माया गरे पनि तिम्राे अभावमा रातदिन रूने म