Logo

Student Corner

आमा

Written by: Estella Shrestha - 24007, Grade X

Posted on: 15 July, 2021

नौ नाै महिना कोखमा राखेर ,
जन्माइन्  मलाई मेरी आमाले। 
आफ्नाे हातले मेराे हात समाई ,
हिँड्न सिकाइन्  मेरी आमा मलाई ।

आमा मेरी साह्रै  प्यारी पूज्य  तिमी ,
सिकाउँछिन् मलाई असल बन्ने बानी। 
हातमा कलम समाइ लेख्न सिकाउने तिमी ,
काटाैँ लाग्छ मलाई तिमीसँगै सयाैँ जुनी। 

मेरी छोरी कति ज्ञानी भन्दै ,
पीडाका दिन पर सारी खुसी गन्दै ,
जे भने नि मेरा कुरा सुन्दै उनी,
धेरै प्रेम गर्छिन् मेरी आमा मलाई। 

गल्ती गरेँ भने मैले सम्झाइ बुझाइ,
माया गर्छिन् मेरी आमा मलाई । 
सुखदुख जे भए नि छाेड्दिनन् मेराे साथ ,
बिरामी हुँदा ख्याल राख्छिन् दिनरात।