Logo

Student Corner

देशकाे माया

Written by: Pratik Dongol - 27009, Grade VII

Posted on: 15 July, 2021

(कक्षा सातका विद्यार्थीहरू गाेपाल, राम,शीला, श्याम र बिमला  विद्यालयकाे छुट्टीपछि घर फर्कँदै छन् । त्यही बेलामा एकजना मान्छेले भरियालाई भारी सुटकेस बाेकाएर आएकाे देख्छन् । त्यसपछि उनीहरूका बिचमा कुराकानी सुरु हुन्छ। 
गाेपालः हेर न साथीहरू, त्याे मानिस त भरियालाई भारी सुटकेस नै बाेकाएर आएकाे छ
 नि ।
रामः हाे त नि है , विदेशबाट टन्नै कमाएर आएकाे जस्ताे छ ।
शीलाः विदेशमा पनि त्यस्ताे कमाइ हुन्छ र ?
बिमलाः किन नहुनु , हाम्रा छिमेकीले त विदेशमा कमाएर २ वर्षमा नै सहरमा घर बनाइसके । 
गोपाल:  हाे र ? साथी हो तिमीहरूभविष्यमा विदेश जान्छौँ  कि नेपालमै बस्छौ त?
राम: खोई म त भविष्यमा विदेश गएर  डाक्टर बन्ने र टन्न पैसा कमाउने  विचार गरेकाे छु । के हुन्छ हेराैँ ?
शीला: किन विदेश गएर कमाउने नेपालमा पनि कमाउन सकिन्छ नि ?
राम: नेपालमा हामीले राम्रो रोजगार पाउनु गारो छ।
मैले सुनेको अनुसार नेपालमा धेरै युवा बेरोजगार छन् ।
शीला: त्यस्तो हैन, नेपालमा धेरै कारखानाहरू छन् जसमा काम पाउन सक्छौँ, खेतीपाति गरी धेरै अघि बढ्न सक्छौँ, डाक्टर, पाइलट, इन्जिनियर, आदि धेरै पढेर काम पाउन  सक्छौँ ।
गोपाल : मलाई शीलाले भनेको कुरा सही लाग्याे। कि कसो श्याम ?
श्याम: शीलाले भनेको कुरो त सही हो । नेपालमा रोजगारको कमी छैन, झन् अहिले त नेपालमा धेरै प्रगति भइरहेको छ। विभिन्न क्षेत्रमा कारखाना, अफिसहरू बनी रहेका छन् । भविष्यमा त झन् कति होलान् ।
राम: रोजगार भए पनि विदेशजस्तो नेपालमा धेरै फाइदा छैन। विदेशमा जस्तै नपालमा कमाउन सकिँदैन।
बिमला: विदेशमा जस्ताे सुविधा नपाए र कमाउन नसके पनि आफ्नो देशमा हाम्रो परिवारको माया पाउन सक्छौँ। जति पैसा कमाए नि परिवारकाे साथ भएन भने त्यो पैसा के काम ?
राम: तिमीहरूले भनेको सही हो, म नेपाल मै बसेर काम गर्ने छु तर विदेशमा पढेर नेपालमा काम गर्न गलत हो ?
शीला: होइन विदेशमा पढेर नेपालमा केही गरे, हाम्रै देशकाे उन्नति हुन्छ।
राम: त्यसो भए म  भविष्यमा म विदेशमा गएर डाक्टरी पढ्छु अनि नेपालमा आएर राम्रो डाक्टर बन्छु।
शीलाः बल्ल रामकाे घैटामा घाम लाग्याे । 
गोपाल: आजकाे याे  कुराकानीले मैले  पनि धेरै कुरा सिक्न सकेँ। सबैलाई धन्यवाद है ।
रामः समयसमयमा यस्ता  गहन विषयमा कुरा गर्नाले धेरै ज्ञान बढ्ने रहेछ । अब हामीले फरक फरक विषयमा कुराकानी गर्ने है ।
बिमला:  हुन्छ, साथी हो हामीले कुराकानी गर्दा गर्दै धेरै ढिलो  पाे भएछ। 
श्याम: हो त अब फटाफट  हिड्नुपर्छ ।
शीलाः अब त छुट्टिने बेला पनि भइसकेछ । अब घरतिर लागाैँ ।

(सबै जना आ- आफ्ना घरतिर जान्छन् ।)