Logo

Student Corner

कर्कट सङ्क्रान्ती

Written by: Agraj Rijal - 29004, Grade V

Posted on: 15 July, 2021

श्रावणको पहिलो दिनलाई साउने सङ्क्रान्ती  भनेर भनिन्छ । यस दिनलाई कर्कट सङ्क्रान्ती भनेर पनि भनिन्छ, किनभने यस दिनमा सुर्य कर्कट राशिमा प्रवेश हुन्छ ।  यस दिनबाट दिन छोटा र रात लामा हुँदै जान्छन् ।   यस दिनमा धेरै फलफुल, नैवेद्य आदि चढाएर पुजा गरिन्छ । यस दिनलाई लुतो फाल्ने दिन भनेर पनि भनिन्छ । वर्षायाममा हिलाेमा काम गर्नाले छालामा विभिन्न समस्या देखिन सक्ने र यस दिन लुतो फाल्नाले दाद, लुतो, खटिराजस्ता छालाको रोग नलाग्ने भनेर विश्वास  गरिन्छ ।  यस दिनमा  नासपाती, कागती, निबुवा, अम्बा, अनार  आदि आफ्ना आफ्ना आस्थाका देवतालाई चढाएर मात्र खान फुकुवा हुन्छ ।   यस दिन आफन्तहरू जम्मा भएर मिठामिठा खानेकुरा खाइन्छ । श्रावण महिनामा भगवान शिवको पूजा  गरिन्छ । असार भरि खेतमा काम गरेका किसानहरू अफ्ना आफन्त सँग रमाइलो गर्छन् । यस महिनामा नारिहरूले हरियो चुरा, पाेते र हरियै कपडा लगाउने चलन छ ।