Logo

Student Corner

सगरमाथा

Written by: Rishi Elavya Adhikari - 32013, Grade II

Posted on: 15 July, 2021

सगरमाथा  संसारको सबैभन्दा अग्लो हिमाल हो । यो हाम्रो देश नेपालमा रहेको छ । यो हामी नेपालीहरूको सान र पहिचान हो । हाम्रो देश नेपालमा सगरमाथा भएकोले धेरै देशका मानिसहरूले हामी नेपालीलाई चिनेका छन् । सगरमाथाले हाम्रो देशको गौरव बढाएको छ । हाम्रो देशमा प्रत्येक वर्ष सगरमाथा चढ्न र हेर्न देश विदेशका धेरै मानिसहरू आउने गर्दछन् । हिमालमा चढ्ने मानिसहरूलाई पर्वतारोही भनिन्छ । अहिले पनि धेरै नेपालीहरू सगरमाथाको चुचुरोमा चढ्ने गर्दछन् । नेपालीहरूले विदेशीहरूलाई हिमाल चढ्न सिकाउने पनि गर्दछन् । सगरमाथा  मात्र नभई अरू पनि साना साना हिमालहरू नेपालमा धेरै छन् । हामी नेपालीहरूले नेपालमा आएका विदेशीहरूलाई सम्मान गर्छौँ । हामी नेपालीहरू मिहिनेती पनि छाैँ ।