Logo

Student Corner

अन्तिम चिठी

Written by: Jiya Sapkota - 25003, Grade IX

Posted on: 14 July, 2021

सानैदेखि म मेरो परिवारमा सबैभन्दा बढी आमासँग नजिक थिएँ । मेरी आमा मलाई हरेक कुरामा साथ दिन्थिन् र बुवासँग झगडा हुँदा मेरो पक्ष लिन्थिन् । आमाले मलाई सधैँ मिठा मिठा खाने कुरा दिन्थिन् । आफू भोको भए पनि मलाई चाहिँ सदैव खुसी देख्न चाहन्थिन् । मलाई क्यान्सर रोग लागेको थियो । मैले याे कुरा सबैसँग लुकाएकी थिएँ। यो रोगको कारण मेराे आयु धेरै थिएन । मलाई केवल एउटा मात्र डर थियो कि यदि आमाले यो थाहा पाइन् भने उनलाई कति पीडा हाेला ? मैले त आफ्नो जिउलाई धर्तीमा सुम्पेर  जाँदै छु कुनै दिन । तर मेरो परिवार ? मेरा साथी ? सबैभन्दा माथि मेरी आमा ? सबैलाई छोडेर संसारबाट बिदा हुने  ? मैले  यो सोच्न सकिनँ । क्यान्सरकाे  कारणले मैले धेरै कुरा खान छोडिसकेको थिएँ, मलाई मन पर्ने तारेका पक्वान्नहरू । क्यान्सरको कारणले केही समय अलि बढी बाँच्न मैले यो कुरा खान छोडेँ । सायद मैले नखाएको देखेर आमालाई चिन्ता लाग्यो होला । अब त म जीवित रहने समय पनि धेरै छैन । मैले आमालाई जसरी भए पनि भन्नुपर्छ । मैले आफ्नै मुखबाट त भन्न सक्दिनँ । त्यसैले मैले एउटा छोटो चिठी लेख्ने सोचेँ ।

आमा !
म सानो हुँदा हजुरलाई चिठी लेख्दा हजुर निकै खुसी हुनुहुन्थ्यो ।  हरेक पटक चिठी लेख्दा मैले मेरा हरेक दिनका कुरा लेख्थेँ र हजुरले दिन बिग्रेको समय मलाई पटक पटक बोलाएर मेरा दिन सुधार्ने काेसिस गर्नुहुन्थ्यो । तर यो चिठी त केवल एउटा दु:खलाग्दो चिठी मात्र हैन, यो मेरो "अन्तिम चिठी" पनि हो । सायद यो कुरा मैले पहिले नै धेरै समय हुँदा भनेको भए हजुरलाई त्यस्तो दुख लाग्दैनथ्यो होला तर म आफ्नै सोच र विचारले निकै विचलित र चिन्तित थिएँ । मलाई के गर्ने  के नगर्ने भन्ने केही सोच आएन । मैले सबैलाई मेराे कुरा लुकाउने निर्णय गरेँ । यो चिठी पढेपछि हजुरको टाउकाे भारी हाेला । हजुर आफ्नो मुटु दरो पार्नू । भाइको बिहे गर्न अझै बाँकी छ । बुवाको सुगरको औषधी सकिएपछि भाइलाई सधै लिन जान लगाउनु है । अनि हजुर आफ्नो प्रेसरको दवाइ खाँदै गर्नू । मेरो जीवित रहने जति पनि समय छ । म आफ्नो परिवारसँग समय बिताउन चाहन्छु । आमा हजुरले बाचा गर्नु है; हजुर धेरै दु:खी हुनुहुन्न भनेर । 

हजुरकी प्यारी छोरी 
सानिया - अन्तिम चिठी