Logo

Student Corner

माघे सक्रान्ति

Written by: Krishma Thapa - 27005, Grade VII

Posted on: 13 July, 2021

नेपालमा आफ्नाे धर्म संस्कृतिअनुसार धेरै चाड पर्व मनाइन्छन् । सबै चाड पर्व हामी रमाइलाेसँग मनाउछाैँ । दसैँ ,तिहार, तीज, रक्षा बन्धन छठ आदि । यी पर्वहरूमध्ये माघे सक्रान्ति  पनि हाम्राे विशेष पर्व हाे। याे पर्व  विशेष गरी हिन्दुले मनाउने पर्व हाे।

माघे सक्रान्ति  माघकाे सुरू हुने दिन माघ १ गतेलाई भनिन्छ। माघे सक्रान्तिलाई मकरसक्रान्ति  पनि भन्ने गरिन्छ। अरू पर्व झैँ यस पर्वमा पनि आफन्तहरू भेला हुन्छन् । सबै जना सँगै बसेर रमाइलाे गर्छन् । मानिसहरू ठुला ठुला धार्मिक महत्त्व रहेका जलासयमा गएर नुहाउने गर्दछन्। यसरी नुहाउने प्रक्रियालाई मकर नुहाउने भनिन्छ। त्याे दिन मानिसहरू अघिल्लाे दिन उसिनेकाे तरूल, सख्खर  आदिलाई खाने गर्दछन् । साथै यस दिन विभिन्न प्रकारका चाकु लड्डु बनाएर खान्छन् । यस दिन मानिसहरू सेल राेटी र खिचडीलाई पनि निकै महत्त्व दिने गर्दछन् । मकर सक्रान्तिकाे दिन विभिन्न ठाउँहरूमा विभिन्न किसिमका मेला लाग्ने गर्दछ।मानिसहरू याे दिन आफ्ना आफ्नासँग भेला भएर माछा, मासु लगायतका अरू विभिन्न मिठा परिकारहरू पनि खाने गर्दछन् । माघे सक्रान्तिकाे दिनमा नेपालमा सार्वजनिक बिदा हुने गर्दछ। सरकारी कार्यालय तथा विद्यालय बन्द हुने गर्दछ ।माघे सक्रान्ति  जम्मा १ दिन माघ १ गते मात्र मनाइने गरिन्छ। माघे सक्रान्ति  मनाउने एक पुरानाे परम्परा हाे । माघे सक्रान्तिलाई मानिसहरूले विशेष महत्त्व दिएर मनाउन् छन् । याे हाम्राे संस्कृति पनि हाे।

माघे सक्रान्तिलाई पनि हामीले एक महत्त्वपूर्ण चाडका रूपमा  लिनुपर्छ। अरू चाडमा गरे झैँ याे चाडमा पनि हामीले धेरै क्रियाकलापप गर्छाैँ र रमाइलाे गर्दै एक भएर  याे चाड मनाउछाैँ ।