Logo

Student Corner

चितवन घुमघाम

Written by: Hariom Dahal - 32008, Grade II

Posted on: 13 July, 2021

मेरो नाम हरिओम दाहाल हो । म कक्षा २ मा पढ्छु । हामी सबै परिवार बिदाको बेलामा चितवन घुम्न गएका थियाैँ । हामी चितवनमा गएर होटलमा बस्याैँ । हामी चितवनमा राति पुगेका थियौँ । हामी त्याे रात केही नखाएर सुत्यौँ । बिहान हामी जङ्गल सफारी गर्न निस्कियौँ । दिउँसो हामी खाना खाएर हात्ती चढ्न गयौँ । हामीले जङ्गलमा गैँडा देख्यौँ । हामीले हरिण, मुजुर पनि देख्यौँ । जङ्गल घुम्दा निकै रमाइलो भयो । बेलुका हामीले सूर्य अस्ताएकाे दृश्य पनि हेर्‍याैँ । हामीले बेलुका नाचगान गरेर सुत्यौँ र हामी भोलिपल्ट बिहान खाजा खाएर घर फर्कियौँ ।