Logo

Student Corner

नेपालमा सामाजिक सद्भाव

Written by: Himani Bhattarai - 24011, Grade X

Posted on: 12 July, 2021

नेपाल भौगोलिक, सांस्कृतिक र सामाजिक रूपले विविधतापूर्ण देश हो । नेपालमा सयभन्दा बढी जातजाति र भाषाभाषी विविध धर्मावलम्वी र संस्कृति रहेका छन् । नेपालमा भौगोलिक विविधतामा आधारित सांस्कृतिक र सामाजिक विविधिता पनि विद्यमान छन्  । यस्तो विविधतामा अनेकौँ सुन्दरता पनि लुकेको छ । 
हिमाल,पहाड र तराई क्षेत्रमा बसोबास गर्ने मानिसहरुको भाषा, धर्म, जीवनशैली र संस्कृति बेग़्ला बेग्लै हुन्छ । यसरी हरेक भाषा, धर्म, जीवनशैली, संस्कृति र रहनसहन फरक फरक भए पनि मानिसहरू एकआपसमा मिलीजुली बसाेबास गर्दै आइरहेका छन् । जुन  विविधतामा एकता नेपालीको पहिचान हो । 
नेपाल बहुभाषी, बहुधार्मिक  र बहुसांस्कृतिक देश भए पनि  यहा धर्म, जाति र संस्कृतिबिच शान्तिर सद्भाव  क़ायम नै  छ । हामी नेपालीहरूमा जात, धर्म, परम्परा, चाडका नाममा कुनै विभेद छैन । नेपालीहरूबिच सामाजिक सद्भावमा कायम नै छ ।
हामी एकअर्कालाई सम्मान गर्दछौँ । प्रत्येक नेपालीहरूबिच सामाजिक सद्भाव हनुपर्छ । सामाजिक सद्भावले आपसी सहयाेग, मित्रता र एकतामा बलियाे सम्बन्ध स्थापना गर्छ । यदि काेही कसैले सामाजिक सद्भावमा खलल पुराउन खाेज्याे भने विभिन्न हिंसा, विभेद र मतभेद देखा पर्छन् । परापूर्व कालदेखि चलिआएकाे सामाजिक सद्भाव हालसम्म पनि कायम नै छ र रहिरहने छ ।