Logo

Student Corner

सहरीकरण

Written by: Simone Shree Pathak - 24006, Grade X

Posted on: 11 July, 2021

साना वस्तीहरू विकास हुँदै ठुला सहरमा रुपान्तरण हुने प्रक्रिया नै सहरीकरण हो । विकास समय र आधुनिकतासँगै बढ्दै जान्छ । कुनै निश्चित समयबिचको परिवर्तन नै विकास हो । सहरीकरण पनि विकासको एक भाग हो । परिवर्तनशील समयसँगै धेरै कुरा परिवर्तन हुँदै छन् । करिब १० वर्षको अवधि अहिलेको तुलना गर्ने हो भने सहरीकरण धेरै बढ्दै गएको छ । 
सहरीकरणले हाम्रो जीवन सहज बनाउँछ । सहरीकरणमा मानिसले भौतिक सुविधा प्राप्त गर्दछन् । भौतिक रूपमा व्यवस्थित बसाइ  सहरीकरणमा हुन्छ । सहरीकरणले मानिसको दैनिकी परिवर्तन गरिदिन्छ । सहरीकरण भनेको निरन्तर विकासको प्रक्रिया भएको हुनाले मानिस दिनप्रतिदिन सुविधाभोगी  हुन्छ । सहरीकरणमा राम्रो शिक्षा, स्वास्थ्य ,रोजगारी जस्ता धेरै सुविधाहरू प्राप्त गर्न सक्दछौँ ।

सबै चीजहरूको सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । सहरीकरणका पनि सकारात्मक नकारात्मक पक्षहरू छन् । सहरीकरणले मानिस अल्छी हुँदै गइरहेका छन्। सहरीकरणले धनी र गरिबबिच सामाजिक भेदभाव खडा गरेको  छ । वनजनङ्गल विनाश हुँदै गइरहेको छ । अव्यवस्थित  बसाइ र  प्रदूषण बढिरहेको छ । सहरको जनसङ्ख्या पनि बढ्दै गइरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो जीवन सहरीकरणभन्दा टाढा भने हुन सक्दैन ।