Logo

Student Corner

मेरो संसार

Written by: Sarjan Waiba Tamang - 24009, Grade X

Posted on: 08 July, 2021

सुन्दर संसारमा सुन्दर मानव 
बसेर धर्तीमा सुनौलो सपना सजाउँदै ,
मनमा सुन्दर भावना सजाउँदै ,
आफ्नो लक्ष्यमा अगाडि बढिरहेका छौँ। 

कोही कर्ममा,कोही धर्ममा,कोही समाज सेवामा 
कोही सत्तामा,कोही भत्तामा कोही सत्यको खोजीमा
सबै व्यस्त छन् ; आआफ्नो आफ्नो धुनमा । 

म 
हर्ष र परिवर्तनको आशा बोकी
संसारलाई परिवर्तन गर्ने सास बोकी 
हिँड्दै गरेको छु 
थकाइ मारेको छैन 
भारी बिसाएको छैन। 

गर्ने छैन भेदभाव कसैलाई 
गर्ने छैन कुभलो कसैको। 
देखाउने छैन जात्रा सडकमा बसेर 
लागेको छु म गर्न पूरा सपना कम्मर कसेर 

पूरा  गर्ने छु मैले मेरा सपना, 
एकदिन त्यो समय आउने छ। 
म रमाउने छु,संसार नौलो हुने छ। 
त्यो नौलो संसारमा म मात्रै होइन 
हामी सबै रमाउने छौँ।