Logo

Student Corner

रहस्य

Written by: Manaswi Sapkota - 26004, Grade VIII

Posted on: 08 July, 2021

कुनै ठाउँमा  एउटा  फराकिलो मैदान थियो। यो मैदानमा सहरभरिका सबै बच्चाहरू खेल्न आउथे।  ती बच्चाहरूका आमा बुबा पनि उनीहरूलाई  हेर्न आउथे । सबै बच्चाहरू जहिले हासिरहेका हुन्थे तर त्यो मैदानमा एउटा फरक केटा थियो । उ जहिले एक्लै खेल्थ्याे र धेरै हाँस्दैनथ्यो। अरू बच्चाको जस्ताे उसका आमा बुबा कोही पनि उसलाई हेर्न आउँदैनथे । ऊ आँफै घर फर्किन्थ्यो। 
  एकदिन चिन्तन नाम गरेको केटाले उसलाई पछ्याउने योजना गर्‍यो । यो केटो जसकाे नाम कसैलाई थाहा थिएन र ऊ कहाँ बस्छ होला ? उसका आमा बुबा कस्ता थिए होला ? यो नाम नभएको केटालाई पछ्याउदा चिन्तनको दिमाग हरेक किसिमका प्रश्नहरू आइरहेका थिए। त्यो केटाले हिडन सुरु गर्‍याे र  यता उता हेर्‍याे  र हिडन थाल्यो। उ जङ्गलतिर हिडन थाल्यो, चिन्तनलाई डरलागे पनि उसले त्यो केटालाई पछ्यायो। अँध्यारो भई सकेको थियो तर त्यो केटाले नरोक्ने योजना गरेको थियोजस्तो थियो। आधा घण्टा पछि त्यो केटा रोकियाे  र नजिकैका साथीहरूलाई उठाउन थाल्यो र सबै लठ्ठीहरू उठाएपछि ऊ फेरी हिड्न थाल्यो। अर्को आधा घण्टा पछि ऊ फेरी रोकियो। यसपालि उसले ढुङ्गाहरू उठायो र तिखार्न थाल्यो। सबै ढुङ्गाहरू उठाएपछि ऊ फेरि हिडन थाल्यो। अर्को आधा घण्टापछि त्यो केटा फेरी रोकियाे र यसपालि उसले डोरीहरू उठायो र फेरी हिड्न थाल्यो। धेरै राति भैसकेको थियो, चिन्तनलाई डर लाग्न थाल्यो र ऊ घर फर्किने विचार गर्न थाल्यो। ऊ जङ्गलबाट निस्कन खोज्दा बाटोमै हरायो र कसरी निस्किने भन्ने  बिर्स्याे ।   चिन्तन अब त्यो ठूलो जङ्गलमा एक्लै थियो, उसलाई कसरी फर्किने र कहाँबाट फर्किने भन्ने केही थाहा थिएन। ऊ केही समयको लागि यताउति हेर्‍याे  त्यो नाम नभएको केटालाई भेटिन्छ कि भनेर ऊ फेरी हिड्न थालयो। उसले केही समयपछि त्यो केटालाई देख्यो। ऊ अहिले पहिला उठाएका सामानहरूलाई जोड्दै थियो। उसले ती ढुङ्गा, लट्ठी र डोरीलाई जोडेर एउटा हतियार बनाउँदै थियो। चिन्तन एउटा रुख पछाडि लुकिरहेको थियो । एक्कासि त्यो केटा हरायो। चिन्तनले आफ्नो पछाडि कोही भएको अनुभव  गर्‍यो। पछाडि फर्केर हेर्दा चिन्तनले चिच्याउँदै भन्यो " नाम न भएको केटा ?" त्यो नाम न भएको केटाले आफ्नो हतियार बोकिरहेको थियो र उसका आँखा डरलाग्दा थिए । 
  त्यस दिनपछि चिन्तन त्यो जङ्गलबाट कहिले फर्किएन र त्यो केटाको नाम र आमा बुबाबारे कसैलाई थाहा पनि भएन ।        
धन्यवाद!