Logo

Student Corner

सेवा

Written by: Remon Sangat - 25012, Grade IX

Posted on: 07 July, 2021

मनुष्यको कर्तव्य हो गर्नुपर्छ; सेवा
सानो ठुलाे सेवाले नै पाइन्छ नि मेवा 
सेवा गर्नु मानिसकाे हाे नि ठुलाे कर्म 
सेवाभन्दा अरू ठुलाे केही छैन धर्म। 

सम्पत्ती कमाइ खुसी कसले पाएको छ ?
कमाएर सम्पत्ती कसले लएको छ ?
कति  हुनु सधैँभरि अरुप्रति अनुदार 
देखाउन सक्नुपर्छ ; आफ्नो  भावना उदार। 

हरायो सत्कार हराउँदै गयो उपकार   
हराउँदै गयो मानिसमा मानवता । 
किन हो मानिसमा बढ्दै गयो ; दानवता 
आफन्तमा पनि छैन सहयोगी भावना । 

सबैले आजैदेखि गराैँ उपकार, 
सेवा गर्ने अवसर फर्की फर्की आउँदैन । 
फैलाउ अमृतको ज्योति छैन अर्को धर्ती 
गाह्रो हुन्छ मान्न सबैलाई अरूको अर्ती  । 

बाडौँ दयामाया आजदेखि सबैलाई ,
सहयोग गरौँ सबैलाई छैन कोही पराइ। 
धर्मकाे अर्काे नाम छ भने, त्याे हाे उपकार 
उपकार ले नै ल्याउँछ जीवनमा नयाँ संसार।