Logo

Student Corner

सडक जीवन

Written by: Shubha Shree Malla - 31030, Grade III

Posted on: 07 July, 2021

कसले बनाइ दियो ? यो सडक जीवन 
मैले तपाईंले समाजले वा राज्यले 
न त बुवा, न त आमा न त परिवार 
न त इष्टमित्र, न त घरभित्र 
न त खान  गाँस छ, न त बस्न बाँस छ 
कसले बनाइदियो ? यो सडककाे जीवन
 न त बोक्न झाेला छ, न त किताब कापी 
यस्तो जीवन दिने को हो ? त्याे दुष्ट पापी
 दिनभरि भिख माग्दा आउँछ पसिना 
कहीँ चर्को घाम कहीँ धेरै असिना 
उनको पनि हाम्रो जस्तै, होला ठुलाे रहर 
तर उनको यो रहर, बुझ्ने भएन यो सहर 
कसले बनाइदियो ? यो सडक जीवन 
मैले तपाईंले समाजले वा राज्यले