Logo

Student Corner

आमाबाबा

Written by: Sayoon Darlami - 29038, Grade V

Posted on: 06 July, 2021

आमाबाबा भन्ने शब्द नै कति महान छ। आमा मलाई जन्माउनु भयो,यस धर्तीमा उभिन लायक बनाउनु भयो । मेरा हरेक  इच्छालाई पूरा गरिदिनुभयो। म सानो छँदा मलाई केहि होला कि भनेर रात भर जागाराम बस्नु भयो। मलाई केहि भयो भने म रुनु भन्दा अगाडि मेरी आमा रुनुहुन्थ्यो । म भोको नरहुँ भनेर मलाई अगाडि खाना दिनुहुन्थ्यो।बरु आफू जस्तो लुगामा पनि रमाउनु हुन्थ्यो । मलाई भने सफा बनाएर हिँडाउनु हुन्थ्यो।सबै आमाहरुको मन धेरै सफा र कोमल हुन्छ।
 बाबाहरुले पनि धेरै माया गर्नु हुन्छ।बाबाहरु पनि धेरै दु:ख गर्नुहुन्छ । हामीहरुको खुसीको लागि बाबाहरु धेरै पैसा कमाउनु चाहनुहुन्छ र सधैँ प्रयासरत रहनुहुन्छ। हामीहरुको धेरै इच्छा पुरा गरिदिनु हुन्छ र कुनै पनि स्वार्थ बिना हामीहरुलाई  माया गरी हाम्राे जिम्मेवारी आफ्नाे काँधमा बाेक्नुहुन्छ । साथी जस्तै बनाउनु हुन्छ।आमा ,बाबा जति धेरै सन्तान भए पनि  माया सबैलाई बराबर गर्नु हुन्छ। 
बाबाआमाले हामीलाई कहिल्यै आफ्नो दु:ख देखाउनु हुन्न । त्यसैले हामीहरूले  पनि बाबाआमालाई धेरै माया गर्नु पर्छ।आमा बाबाका कुरालाई आदार गर्नु पर्छ । आमाबाबाले भनेका  कुरा मानियो भने हामीलाई सबैले ज्ञानी भन्नुहुन्छ ।