Logo

Student Corner

हिराे मेराे बुबा

Written by: Aarushi Prasai - 32002, Grade II

Posted on: 06 July, 2021

मेराे लागि संसारकै महान व्यक्ति मेराे बुबा हुनुहुन्छ । मलाई धेरै माया गर्ने मेराे बुबा हुनुहुन्छ । मैले मागेका हरेक सामानहरू ल्याइदिनुहुन्छ । मलाई सधैँ खुसी राख्न चाहनुहुन्छ । मैले कुरा गर्दा मेरा कुराहरू खुसी भएर सुनिदिने मेराे बाबा हुनुहुन्छ । मेरो बाबाले मलाई माया गरेर खेलाउनुहुन्छ । मैले काम बिगार्दा पनि मलाई माया गरेर सम्झाउनुहुन्छ । बाबाले मलाई घुमाउन पनि लैजानुहुन्छ । मलाई खानेकुराहरू, मिठाई पनि  किनिदिनुहुन्छ । मैले नजानेका कुराहरू सिकाउनुहुन्छ । मेराे बाबा मेरा लागि हिराे नै हुनुहुन्छ ।