Logo

Student Corner

दैनिकी फेरि उस्तै

Written by: Prakarsha Tabdar - 25010, Grade IX

Posted on: 05 July, 2021

मेरो वार्षिक परीक्षा सकिएपछि र मेरो बुबाले उपत्यका बाहिर कतै जाने विचार गर्नुभयो । हामी गाउँ नगएको धेरै भएकाे थियाे । हामी गाउँ जाने विचार गर्‍यौँ । हामी हाम्रो गाउँ गयौँ । गाउँमा हामी रमायाैँ । हामी गाउँ जाँदा सबै सामान्य थियो । जब हामी गाउँबाट सहर फर्किने बेला भयो तब लकडाउन सुरुभयाे । 
समय बित्दै गयो । कोरोनाको महामारी बढ्दै गयो ।  लकडाउन लम्बिदै गयो । एक महिना बित्यो । स्थिति असामान्य नै थियो । लकडाउन खोल्ने कुनै सङ्केत थिएन । तर म आफ्नै गतिमा रमाइरहेको थिए । त्यसैले मलाई लकडाउनको खासै मतलब भएन । केही दिनपछि मैले मेरो स्कुलबाट एक इमेल प्राप्त गरेँ । अब महामारीको कारण अनलाइन कक्षा सुरु हुने छ । करिब ८/९ महिना जति अनलाइन कक्षा चल्यो । स्थिति  अलि सामान्य भएपछि विद्यालय खुल्यो । चैत महिनाको अन्तिमबाट सुरु भएको विद्यालयको अन्तिम परीक्षा वैशाखको पहिलो हप्तामा सकियो । तर महानगरले लिने बि.एल.इ.परीक्षा भने महामारीका कारण हुन सकेन। 
समय पुरानै दोहोरियो वि.सं.२०७७ मा जस्तै  वि.सं.२०७८ मा पनि महामारीका कारण लकडाउन सुरु भयो र हाम्रो पठनपाठन पहिले जस्तै अनलाइन चलिरहेको छ । यसपटक भने हामी अनलाइन कक्षामा बानी परिसकेकाले खासै गाह्रो भएको छैन । सबै सामान्य नै लाग्दै छ । अहिले लकडाउन केही खुकुलो पनि भएको छ । कोरोना सङ्क्रमण केही कम भए पनि  महामारी हराएको छैन । यसकारण भिडभाड नगरौँ । स्वास्थ्य सावधानी अपनाएर दैनिकी चलाऔँ । स्वास्थ्यप्रति सबै सचेत बनौँ ।