Logo

Student Corner

क्रिस्टोफर कोलम्बसको यात्रा

Written by: Sauharda Bajracharya - 26010, Grade VIII

Posted on: 05 July, 2021

क्रिस्टोफर कोलम्बसको यात्रा, सन् १५०० भन्दा अगाडिको सबैभन्दा महत्त्वपूर्ण घटनाहरूमध्ये एक हो। क्रिस्टोफर कोलम्बस एक इटालियन खोजकर्ता थिए । उनको जन्म २५ अगष्ट १४५१ मा भएको थियो । उनले अमेरिकाको खोज गरेका थिए। सानैदेखि नै क्रिस्टोफर कोलम्बसमा यात्रा गर्ने  रुची थियाे । क्रिस्टोफर कोलम्बस युरोपको व्यापारलाई नयाँ बाटो लग्न एसिया आएका थिए। एसिया युरोपको पूर्वमा पर्छ तर क्रिस्टोफर कोलम्बस पश्चिमतिर गए। 
१४७६ मा क्रिस्टोफर कोलम्बसले आफ्नो पहिलो यात्रा एटलान्टिक समुद्रबाट  सुरु गरे तर त्यो यात्रामा फ्रान्सका केही समुद्री डाकुहरूले कोलम्बसको जहाज नै बिस्फाेट गरिदिए । कोलम्बस त्यसबाट बचे र पर्चुगलको एक ठाउँमा पुगे, त्यँहा उनले आफ्नो नयाँ जीवन सुरु गरे। उनको त्यहाँ विवाह भयो तर उनीहरूको पहिलो छोराको जन्मपछि कोलम्बसको श्रीमतीको मृत्यु भयो र कोलम्बस स्पेनमा नयाँ जीवन सुरु गर्न गए । तर कोलम्बसको पहिलो आधिकारिक यात्रा अगष्ट ३, १४९१ को थियो, कोलम्बसको यो यात्रा ५ हप्ता लाग्यो। कोलम्बसले उनी एसियामा पुगेँ भन्ने  ठाने तर उनी अमेरिकाको एक क्युबा भन्ने ठाउँमा पुगेका थिए । कोलम्बसले क्युबाका  मान्छेहरूलाई भारतीय भनेर बोलाउन थाले र जब कोलम्बस फेरि स्पेन आए  उनले त्यहाँ सुनका खानीहरू भेटाए र यो त्यहाँका राजालाई भने। राजाले अझै धेरै मान्छे पठाएर अझै धेरै सुन खोज्न पठाए । 
कोलम्बस फेरि क्युबामा गए । यो उनको दोस्रो यात्रा थियो र तेस्रो यात्रामा उनको उद्देश्य, एउटा ठुलो महादेश छ भन्ने थियो। उनको तेस्रो यात्राको उद्देश्य, सबैलाई प्रमाण गर्नु थियो कि एउटा ठुलो महादेश छ जसरी राजा जोन २ ले भन्नुभएको थियो। उनको अन्तिम यात्रामा, उनी मध्य अमेरिका गएका थिए जसलाई फेरि उनले भारतीयहरूलार्इ बोलाए। त्यहाँका मूल मान्छेहरूको सहयोग लिएर चन्द्र ग्रहणका बारेमा बुझे । र फेरि स्पेन आएको १ वर्षपछि उनको निधन भयो । उनले अमेरिकाको खोज गरेको भन्छन् तर अमेरिकाको खोज कोलम्बसले भन्दा हजाँरौ वर्ष अगाडि भएकाे थियाे ।