Logo

Student Corner

असार र श्रावण महिना

Written by: Ipsa Bajracharya - 30012, Grade IV

Posted on: 05 July, 2021

असार र श्रावण महिनामा धेरै पानी पर्छ र घाम पनि लाग्छ । दुवै थरी माैसम देखिने हुनाले यी महिना साह्रै रमाइला हुन्छन्। यी महिनाहरूमा प्रशस्त पानी पर्ने भएकाले रूखविरूवाकाे विकास भएर जताततै हरियाली छाउँछ । 
असार महिनामा रापाेइँ जात्रा वा असारे पन्ध्र एउटा चाडकाे रूपमा मनाउँछाैँ । यही महिनाकाे २९ गते भानुजयन्ती पर्छ । यस दिनलाई पनि नेपाली साहित्यकारहरूले एउटा पर्वका रूपमा मनाउँछन् ।
श्रावण महिना त झन चाडवर्वहरूकाे सुरू हुने महिना हाे ।२०७८ सालकाे श्रावण महिनाकाे ९ गते गुरूपूर्णिमा परेकाे छ । यसै गरी १५ गते खिर खाने दिन भनेर मनाइन्छ । २२ गते गाेठेमङ्गल र नागपञ्चमी परेकाे छ ।  यति बेला वरिपरिकाे वातावरण हरियाली हुने भएकाले हामीहरूले पनि प्रकृतिसँग मिल्दाजुल्दा हरिया लुगा ,चुरा, पाेते,मेहन्दी लगाउँछाैँ ।यिनै विविध कारणले गर्दा मलाई यी दुवै महिना असाध्यै मन पर्छ ।