Logo

Student Corner

कोरोना

Written by: Aarika Jha - 31003, Grade III

Posted on: 05 July, 2021

काेराेना भाइरस चाइना सहरबाट आएको रोग हो । यसलाई काेभिड-१९ पनि भनिन्छ । यो रोग लागेपछि मान्छेहरू बिरामी पर्छन् । यो राेग अहिले विश्वका धेरै देशहरूमा फैलिसकेको छ । नेपालमा पनि यसको दोस्रो लहर आइरहेको छ । यस रोगको औषधी भने पत्ता लागिसकेको छैन तर यस रोगको खाेप केही मात्रामा बजारमा आइसकेको छ । कोरोनाले गर्दा हामी एक वर्षदेखि स्कुल जान पाएका छैनाैँ । हामीले आफ्ना साथीहरूसँग भेट्न पनि पाएका छैनाैँ । हामीले आफ्ना गुरु गुरुआमासँग पनि भेटघाट गर्न पाएका छैनौँ । म पनि आफ्ना साथीहरूसँग भेट्न चाहन्छु । उनीहरूसँग खेल्न चाहन्छु । अब कोरोना रोग हटेपछि हामी साथीहरूसँग भेट्छाैँ भन्ने मैले आशा लिएकी छु ।