Logo

Student Corner

भगवान्

Written by: Sunabi Pokhrel - 25018, Grade IX

Posted on: 04 July, 2021

हामी हिन्दु, इसाइ, सिख, बौद्ध जुनसुकै धर्म धारण  गरे पनि हामी सबैको साझा धारणा भनेको 'भगवानलाई पछ्याउनु' हो । तर खासमा भगवान् भनेको के हो र को हो ? के भगवान् साँच्चिकै हुनुहुन्छ ? भगवान्लाई सर्वोच्च रूप मानिन्छ । कसैलाई पनि थाहा छैन कि ईश्वर हुनुहुन्छ कि हुनुहुन्न, ईश्वरको अस्तित्व छ कि छैन ? वास्तविक कुराे के भने कसैले पनि ईश्वरलाई अहिलेसम्म देखेको छैन । 
सामान्य व्यक्तिले आफ्नै आँखाले प्रत्क्षयरूपमा भगवान देख्नु भनेको केवल कल्पना मात्र हो । सत्य कुरा के हो भने भगवान् सबै ठाउँमा हुनुहुन्छ । भगवान्लाई हामीले आफ्नाे आँखाले नदेखेकाले भगवान् केही पनि र काेही पनि होइन जस्तो लाग्छ । वास्तविक कुरा के हो भने भगवान् भनेको संसारकाे अदृश्य शक्ति हाे । भगवान् यस ब्रम्हाण्डमा अदृश्यरूपमा सर्वव्यापी हुनुहुन्छ । भगवान् सम्पूर्ण प्राणीहरूकाे सर्वोच्च अदृश्य आत्मा हुनुहुन्छ, अनन्त हुनुहुन्छ र अमूर्त हुनुहुन्छ । संसारका हरेक तत्व भगवान्कै कारण अस्तित्वमा छन् । याे संसारमा जे कुरा भइरहेकाे छ त्याे सबै भगवान्कै चाहाना र इच्छाले भइरहेको हुन्छ । भगवान् असीमित हुनुहुन्छ । भगवान सबै ठाउँमा ज्ञान र अनन्त शक्तिसँग अवस्थित हुनुहुन्छ । भगवान् निर्गुण निराकार हुनुहुन्छ । भगवान्काे संरक्षणमा नै याे संसारकाे जीवनचक्र चलिरहेकाे छ । संसारकाे सृष्टि र संहार पनि भगवान्कै इच्छानुसार नै हुन्छ ।

अहिलेकाे भाैतिक दुनियामा ईश्वरकाे अस्तित्व स्वीकार गर्ने मानिस कमै हाेलान् । जे भए पनि अहिले भाैतिक विज्ञानले गरेकाे उन्नति पनि ईश्वरकै कारण सम्भव भएकाे हाे । अझ भनाैँ भने ईश्वरविना विज्ञानकाे उन्नति नै असम्भव छ । ईश्वर यस संसारको हरेक कुराकाे ऊर्जा हो । त्यही ऊर्जाको कारण नै यस ब्रम्हाण्डको गति अविराम चलिरहेको छ ।