Logo

Student Corner

पुस्तक समिक्षा कथाः चतुरेले चाल पायाे ।

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 04 July, 2021

परिचयः
‘चतुरेले चाल पायो’ कथा गंगा पौडेलले लेखेकी हुन्। याे कथा मित्रताको बारेमा र  यो  हामीलाई एक अर्काको मद्दत गर्नु पर्छ भनेर सिकाउँछ।  हामीले अरुको कुरा सुनेर आफ्नो साथीहरुमाथि शङ्का गर्नु हुँदैन भन्ने कुरा सिकाउँछ ।
पात्रः (असल पात्र र खराब पात्र)
यो कथाका पात्रहरु ढुकुरको भाले र पोथी, भँगेरा, परेवा, मान्छेहरु र ढुकुर, भँगेरा, परेवा र कागका बचेराहरु हुन् । ढुकुर, भँगेरा र परेवा एक्दमै मिल्ने साथीहरु थिए । उनीहरु सहरमा आफ्नो गुँड बनाउन खोज्दै थिए । उनीहरु यस कथाका असल पात्र हुन् । उनीहरु एक अर्काको मद्दत गर्छन् । ढुकुरका बचेरा कागले समातेर लैजाँदा भँगेरा र परेवाले मद्दत गरे । ढुकुर, भँगेर र परेवाका बचेरा पनि असल पात्र हुन् । किनकी उनीहरु आफ्नो गुँडमा राम्रो सँग बस्छन् र आमाबाले भनेको मान्छन् । मान्छेहरुलाई खराब पात्रको रुपमा देखाइको छ । उनीहरुले आफुबाहेक अरुको बारेमा नसाेचेर जहाँ पनि घर बनाए र रुख काटेर हरियाली मासे । काग पनि खराब पात्र हो । काग बदमास थियो र उसलाई ढुकुर, भँगेरा र परेवाको बचेरा खान मन थियो । उसले त्यही भएर उनीहरु बिच झगडा गरायो ।
कथावस्तुः
ढुकुर, भँगेरा र परेवा मित्र थिए र एकै ठाउँमा गुँड बनएर बस्ने भने। मान्छेहरु स्वार्थी भएको र पहिलाको जस्तो खटप्वाल नछोडेको भनेर भँगेराले भन्यो। उनीहरुले आफु बस्ने गुँड बनाउने ठाउँ खोज्न थाले। एउटा घरको मुलढोका अगाडी भएको रजनीगन्धको झ्याङमा ढुकुरले गुँड बनायो र परेवाले भरेङको कुना र भँगेराले पाइपको जोर्नीमा गुँड बनाए। उनीहरुले गुँड बनाएको एउटा कागले देख्यो। उसको नाम चतुरे थियो र एकदम बदमास थियो। चतुरेले उनीहरु नजिकै गुँड बनाउने सोच्यो र ढुकुर, भँगेर र परेवाको बचेरा खाने विचार गर्‍यो। ढुकुर, भँगेरा र परेवाका पोथीहरुले फुल पारे र फुलहरु सेक्न थाले। केही दिनपछी फुलहरुबाट साना-साना बचेराहरु निस्किए। चतुरेले बचेरा निस्किएको चाल पायो र चोर्ने विचार गर्‍यो। ढुकुर,परेवा र भँगेरा पालो मिलाएर चारो खोज्न जाने गर्थे। उनीहरुले यसो गर्दा चतुरेलाई बचेरा समात्न सजिलो भएन। चतुरेले षडयन्त्र गरेर ढुकुर, भँगेरा र परेवाको मित्रतामा फाटो पारिदियाे। चतुरेको कुरा सुनेपछी उनीहरुले एक अर्कामाथि शङ्का गरे र बोलचाल नै बन्द भयो।  दिन बित्दै गएपछी बचेराहरु ठुला हुँदै गए र ढुकुरले बचेरालाई चउरमा उड्न सिकाउदै थियो । चतुरेले त्यही बेला एउटा बचेरालाई समातेर लगिहल्यो। भँगेराले देख्यो र परेवालाई भन्न गयो। परेवा र भँगेरा चतुरेको गुँडमा पुगे। परेवाले चतुरेलाई झपार्दै बचेरालाई छोड्दिन भन्यो। चतुरे चुप लगेकोले परेवाले कागको एउटा बचेरा च्याप्प समात्यो । परेवाले आफ्नो बचेरा लगेपछी बच्चाको माया थाहा पाइस्? भन्दै परेवाले झपार्यो। ढुकुरको बचेरालाई बोकेर उनीहरु गुँडतिर फर्किए। ढुकुरले परेवा र भँगेरालाई धन्यवाद दियो। चतुरेको षडयन्त्रमा फसेर कति हानी भयो भनेर उनीहरुले चाल पाए।
परिवेशः
चतुरेले चाल पायो कथामा घर, सडक, रुखहरु, गुँड बनाउनको लागि घरको मुलढोका अगाडि भएको रजनीगन्धाको झ्याङ, घरको भरेङ,पाइपको जोर्नी स्थलगत परिवेशको रुपमा आएको छ । यो कथामा भएको सबै घटना एक महिनमा घटेको अनुमान गर्न सकिन्छ ।
निष्कर्षः (सिफारिस)
म यो पुस्तकलाई सिफारिस गर्छु किनभने यो पुस्तकले हामीलाई असल छिमेकी बन्न सिकाउँछ, आफ्नो बारेमा मात्र नसोचेर अरुको बारेमा पनि सोच्नु पर्छ, अरुलाई दुख दिनु हुँदैन, अरुले भनेको कुरा सुनेर मित्रहरुलाई शङ्का गर्नु हुँदैन भन्ने कुरा सिकाउँछ । यो पुस्तकले राम्रो बानी सिकाउन पनि मद्दत गर्ने भएकोले म यो पुस्तकलाई सिफारिस गर्छु ।