Logo

Student Corner

रहस्यमय साथी भागः २

Written by: Niharika Chapagain - 25006, Grade IX

Posted on: 01 July, 2021

“तिमी यहाँ एक्लै थियौ; एक्लै बोलिरहेकी थियौ ;चुप लागेर घर हिँड।” लक्ष्मीले कराउँदै भनी र कायराले आफ्नी आमालाई पहिलो पटक यस्तो रिसाएको देखेकी थिई त्यसैले ऊ झन् धेरै रुन थाली । कायराको हात समातेर लक्ष्मी घरतिर हिँडी। घर पुगेपछि कायराले आफ्नो कोठामा गएर ढोका लगाएर बसी । लक्ष्मीले दिनभरिकाे सबै कुरा आदित्यलाई सुनाउन उसकाे प्रतीक्षा गरिरहेकी थिई । आदित्य आएपछि उसलाई सबै कुरा सुनाई । “केही छैन तिमी धेरै चिन्ता न लिऊ । सानो बच्चा हो आफैँसँग कुरा गर्नु के ठुलो कुरो हो र ।” आदित्यले लक्ष्मीकाे कुरालाई खासै वास्ता गरेन । तर लक्ष्मीलाई भने कायरालाई केही नराम्रो रोग लागेको जस्तो लाग्यो । उसलाई आदित्यले गरेकाे कुरा राम्राे लागेन । आदित्यले कायरालाई मानसिक अस्पताल लैजान्छ कि जस्ताे लागेकाे थियाे तर त्यस्ताे केही भएन । त्यो दिनदेखि कायरालाई लक्ष्मीले नदीको किनारमा जान दिइन । एक दिन कायराले उसकी साथी उसलाई भेट्न घरमा आएको कुरा बताई।

“उसले तिमीलाई के भनी ?” लक्ष्मीले प्रश्न गरी। 

“ऊ धेरै रिसाकी थिई मामु । तपाईँलाई मार्छु भन्दै थिई । मैले उसलाई त्यसो नगर्नु भनेर सम्झाएँ । मलाई धेरै डर लागकाे छ, मामु । ऊ मेरी साथी जस्ती छैन ।” कायराले रुँदै त्यति भनिसकेपछि लक्ष्मीले उसलाई अङ्कमाल गर्दै “केही हुँदैन, चिन्ता नगर” भनी। त्यसपछि लक्ष्मी हतारिएर आदित्यको कोठामा गई र आत्तिदैँ भन्न थाली,

तिमीलाई के भएको ? अचेल तिमी मेरो कुरा सुन्दै सुन्दैनौ। तिमीलाई थाहा छ ? कायराको साथीले मलाई मार्छु भनेको रे। उसलाई पागल बनाउन मन छ तिमीलाई ? डाक्टरकहाँ लैजानुपर्‍यो ।” लक्ष्मी कराउँदै रुन थाली । 
“केही हुँदैन लक्ष्मी एक दुई दिन पर्ख, सबै ठिक हुन्छ ।” आदित्यले लक्ष्मीलाई शान्त बनाउने कोसिस गर्‍यो ।

“तिमीलाई सहर पनि जान मन छैन, उसलाई डाक्टरकहाँ लैजान पनि मन छैन । लक्ष्मी चिच्याउन थाली। 
“होइन, हामी उसलाई डाक्टरकहाँ लैजान सक्दैनौँ किनभने….” आदित्यलाई के भन्ने थाहा थिएन । 
“किनभने... किन ? तिमी हाम्रो बच्चालाई माया गर्दैनौ ? तिमी उसलाई मन पराउँदैनौ।” 

आदित्य यस्ताे सुन्ने बित्तिकै केही बाेल्न नसक्ने भयाे । “चुप लाग । ऊ मेरी पनि छोरी हो, म कसरी उसलाई माया नगर्नु ? म उसलाई अस्पताल लैजान सक्दिनँ… किनभने… ऊ… हाम्री स्विटी यस संसारमा छैन । ऊ… ऊ…! जब हामी यहाँ सरेका थियौँ । तिमी उसलाई लिएर डुङ्गामा चढ्याै । त्यो डुङ्गा पल्टियो । तिमी र… कायरा नदीमा डुब्यौ। तिमी त बच्यौ तर ऊ…” आदित्य सुरुमा रिसले रातो भएको थियो तर, बोल्दै गएपछि छोरीको यादमा ऊ रुन थाल्यो। 
लक्ष्मी आश्चर्यचकित भई र आदित्यकाे कुरा पत्याउन सकिन । आदित्यले रुँदै भन्न थाल्याे । “त्यसपछि… हाम्री छोरी बाँच्न सकिन भन्ने कुरा तिमी बुझ्न तयार थिइनौ…।  तिमी ऊ जीवित छे भनेर ऊसँग खेलेझैँ गर्न थाल्यौ । तिमीले आफ्नै एक सपनाको दुनिया बनायौँ ;जहाँ हाम्री स्विटी, तिमी र म खुसी खुसी जीवन बिताइरहेका छौँ । यहाँबाट सहर जान तिमीले नमानेकी हाै ; मैले हाेइन । हामी घर सरे तिमी आफ्नो सपनाबाट बाहिर आउँथ्यौ। कायारा हामीबाट टाढिएको तिमीले थाह पाउँथ्यौ । तिमी कायरा बढेको हेर्दै आफ्नो सपनामा जिउन चाहन्थ्यौ… तर तिमीलाई के थाहा तिमीलाई त्यस्तो देख्दा मलाई कति पीडा हुन्थ्यो…” ऊ रोक्कियो र रुन थाल्यो। 
उसकी स्विटी मर्न सक्दिन, ऊ जीवित छे,यस्ता कुरा लक्ष्मीको मनमा आए। उसको जिउले उसलाई साथ दिएन र ऊ बेहोस भएर भुइँमा लडी ।