Logo

Student Corner

होली

Written by: Aayush Subedi - 27003, Grade VII

Posted on: 01 July, 2021

हाेली हिन्दुहरूको एक  रमाइलो पर्वको हो । हाेली रङहरूको पर्व हो । होलीमा सबै मानिसहरू आफ्नो पुरानो रिस, मनमुटाव र  सबै भुलेर एक अर्कालाई अबिर लगाएर होली खेल्छन् । हाेली बच्चाहरूदेखि बुढाबुढी सबैलाई मन पर्ने पर्व हो । हाेली नेपाललगायत भारतमा पनि खेल्छन् ।

होली फागुन शुक्ल पुर्णिमाको दिनमा पर्ने भएर होलीलाई फागु पूर्णिमा पनि भनिन्छ । मानिसहरू हर्ष उल्लासका साथ होली मनाउँछन्। यस दिन मानिसहरू बिहानै उठेर रङ्गहरू लिएर आफ्ना साथीभाई र आफन्तको घरमा गएर खुलेर होली मनाउँछन्। बच्चाहरूको लागि पनि यो पर्व विशेष महत्व छ । उनीहरू पिचकारी र लोलाहरू खेल्दै रमाउँछन् । होली नेपालको पहाडी क्षेत्रमा पूर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट मनाइने चलन छ । 

पौराणिक कथाअनुसार हिरण्यकशिपु नाम गरको एउटा दैत्य थियो। उ भगवान् विष्णुको विरोधी थियो । उसकी एउटी होलीका नाम गरेकी दृष्ट बहिनी थिई जसलाई आगोले नजलाउने वरदान प्राप्त भएको थियो। हिरण्यकशिपुको छोरा प्रल्हाद भगवान विष्णुका ठुला भक्त थिए ।  त्यस दैत्यले आफ्नो छोरालाई मार्नको लागि आफ्नी बहिनी हाेलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगायो । होलिका प्रल्हादलाई काखमा लिएर बसेपछि प्रल्हाद सुरक्षितसँग बलिरहेको बाहिर निस्कन्छ तर होलिका त्यो चितामा जलेर भष्म हुन्छे। जब प्रल्हाद  चिताबाट निस्कन्छन् सबैले भगवान विष्णुको जयजयकार गर्दै रङ्गहरू लगाएर स्वागत गर्छन् र सबैजना एक आपसमा रङहरू लगाएर खुसीयाली मनाउछन् । यसरी होली पर्वको सुरुवात भएको थियो ।

यस पर्वमा मानिसहरू मिठा मिठा पकवान्न  बनाएर पनि खान्छन् । यस दिनमा मानिसहरू नाचगान गरेर पनि रमाइलो गरेर पनि होली मनाउँछन्। विशेषगरी यो दिनमा भाङको लड्डु र भाङको सर्वत  पनि खाएर  रमाइलो गर्छन् । यस पर्वलाई रङकाे पर्वका रूपमा पनि मान्दै आइएकाे छ ।