Logo

Student Corner

अनुशासन

Written by: Bishop Chalise - 29010, Grade V

Posted on: 01 July, 2021

अनुशासन विद्यार्थी जीवनको एक महत्वपूर्ण घटक हो । विद्यार्थी जीवनको हरेक पाटामा अनुशासनको महत्वपूर्ण भूमिका हुन्छ । अनुशासन नभएको विद्यार्थी हावा नभएको भकुण्डो जस्तो हुन्छ  । जसमा कुनै गति हुँदैन र अगाडि बढ्न सक्दैन । एउटै ठाउँमा भड्किने सम्भावना हुन्छ। अन्ततः पतवार बिनाको डुङ्गा झैँ गतिहिन र लक्ष्यहीन यात्राको भुमरीमा रुमलिएर जीवनरुपी भवसागरमा डुब्ने खतरा हुन्छ।
संसारका हरेक कुराहरु नियमबाट बाँधिएका हुन्छन् । जस्तै व्यक्ति, घर, समाज आदि। यी नियमहरूको पालना गर्नु नै अनुशासन  हो। हामीलाई आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ भनेर सानैमा सिकाएको हुन्छ। बदलाकाे भावना राख्नु हुँदैन,खराब,आचरण र संगत गर्नु हुँदैन भनेर पनि सिकाइन्छ। सिकेका राम्रा कुराहरुलाई व्यवहारिक जीवनमा उतार्नु नै अनुशासन पालना गर्ने कुराको पहिलो खुड्किलोमा टेक्नु हो। अनुशासन पालना बाट नै एउटा नवीन समाजको निर्माण हुन्छ ; जसमा सबै व्यक्ति, वर्ग, धर्म आदिको आत्मसम्मानको रक्षा हुन्छ।जुन हामी र हाम्रो देशको भविष्य निर्माणको लागि आवश्यक कुरा हो।
अनुशासनमा बस्ने विद्यार्थीले मात्र सही र गलत छुट्याउन सक्ने र गलतलाई त्यागी सही कुरालाई मात्र अगाडि लिएर हिन्न सक्दछन्। जसले, गर्दा हामीलाई आफ्नो लक्ष्य प्राप्ति गर्न सजिलो हुन्छ। अनुशासनले व्यक्तित्व विकास गर्नुको साथसाथै नैतिकवान र क्षमतावान बनाउँछ। अनुशासन पालना गर्ने विद्यार्थीले आफ्नो मस्तिष्कलाई नियन्त्रणमा राखेर सोच विचार गरेर मात्र निर्णय लिने गर्दछ। मनुष्य जीवनको हरेक क्षेत्र, र पक्षमा यसको ठुलो भूमिका हुन्छ। एकैछिन कल्पना गरौ यदि नियम र अनुशासन नभएमा एक व्यक्तिले अर्को व्यक्तिसँग पशु झै व्यवहार गर्छ हाेला । जसले गर्दा अनुशासन विद्यार्थी जीवनको मात्र नभई सम्पूर्ण जीवनको अपरिहार्य नियति हो।