Logo

Student Corner

विद्यार्थी जीवन

Written by: Shatakshi Pandey - 31029, Grade III

Posted on: 01 July, 2021

विद्यार्थी भन्नाले स्कुल, कलेज आदिका विभिन्न कक्षामा पढ्ने व्यक्तिलाई भनिन्छ । विद्यार्थी जीवन तीन वर्षदेखि नै सुरू हुन्छ । विद्यार्थी जीवनमा एकदमै अनुशासित भएर रहनुपर्छ । बिहान सबेरै उठ्ने अनि हातमुख धोएर पढ्न बस्नुपर्छ । खाना खाएर विद्यालयमा गएर गुरु गुरुआमाहरूले सिकाएका कुराहरु सिक्नुपर्छ । शिक्षकहरूले पाठ पढाउनुहुन्छ । स्कुलमा अनुशासनमा रहेर पढ्नुपर्छ र राम्रोसँग सिक्नुपर्छ । घर आएर  खाजा खाएर केहीबेर खेल्ने गर्नुपर्छ । अनि त्यसपछि आफ्नो गृहकार्य गर्नुपर्छ । यसरी विद्यार्थीहरू स्कुलबाट कलेजको पढाइतिर प्रवेश गर्छन् । पढाइ सकेर आफ्नो योग्यता अनुसारको कार्यक्षेत्रमा प्रवेश पनि गर्छन् । असल विद्यार्थी नै पछि गएर देशको कर्णधार बनेर देश विकासमा लाग्न सक्छन् । यो जीवनलाई खेर नफाली लगनशील भएर असल र सभ्य नागरिक बन्न सक्छौँ ।