Logo

Student Corner

पुतली

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 30 June, 2021

फुरफुर गर्छन पुतली फुलको वरिपरि
हेरिरहु जस्तो  लाग्छ  मलाई घरीघरी 
रङ्गीचङ्गी  फुलको रङ् पखेटामा उन्दै 
मेरो  नजिक आइदेऊ बगैंचामा डुल्दै
फुलसँग कस्तो प्रीत सबै फुललाई चुम्दै
आइपुगेछ मेरै हातमा कताबाट घुम्दै 
फुलबारीमा रङ्गीचङ्गी  फुल  फुलेका
त्यही फुलमा धेरै थरी पुतली डुलेका  
यिनीहरु लाई देखेर मेरो मन झुमेको
त्यसैले त म पनि यतै घुमेकाे